DHKHABAR

All news at one place

समाचार

जनकपुरबाट अपहरित १ वर्षीय बालकको सकुशल उद्धार, एक महिला पक्राउ

जनकपुरधाम- जनकपुरधामबाट अपहरणमा परेको एक वर्षीय नाबालकलाई प्रहरीले सकुशल उद्धार गरेको छ।

प्रहरीले जनकपुरधाम–२३ स्थिति दिपक झाको घरमा डेरा गरी बस्ने रूपेशकुमार झाका एक वर्षीय छोरा रुद्वाआंश झालाई महोत्तरीबाट सकुशल उद्धार गरेको हो।

रुद्वाआंशको अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले जनकपुरधाम–२४ बस्ने ४२ वर्षीया विभादेवी मण्डललाई पक्राउ गरेको छ।

विभालाई प्रहरीले महोत्तरीको लोहारपट्टी नगरपालिका–३ बाट बच्चासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए।

गत १२ गते कोठाअगाडि प्यासेजमा खेलीरहेको अवस्थामा आफ्नो बच्चालाई विभाले गुपचुप तरिकाले काखमा लिइ अपहरण गरेको प्रहरीलाई सूचना प्राप्त भएको थियो।

सूचना हुनासाथ खोजतलास सुरू गरेको प्रहरीले बालकलाई सकुशल उद्धार गरेको हो।

बालकको अभिभावकको जाहेरीका अधारमा प्रहरीले विभाविरूद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दा चलाएर अनुसन्धान सुरू गरेको छ।

Author

SHARINGS

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *