DHKHABAR

All news at one place

समाचार

जनमतको अवरोधपछि मधेस प्रदेससभा बैठक स्थगित

जनकपुरधाम- जनमत पार्टीको अवरोधपछि मधेस प्रदेससभा बैठक अवरूद्ध भएको छ।

राजविराजस्थित मधेस कृषि विश्वविद्यालयको उदघाटनको विषयलाई लिएर जनमत पार्टीका प्रदेससभा सदस्यहरूले अवरोध गरेको हो।

बैठक सुरू हुनसाथ जनमतका प्रदेससभा सदस्यहरू रोस्ट्रमअगाडि उभिएर नाराबाजी गरेका थिए।

विश्वविद्यालय उदघाटनका क्रममा प्रहरीले गरेको हस्तक्षेपसम्बन्धी घटनाको छानबिन गर्न संसदीय बनाउनुपर्ने जनमतका प्रदेससा सदस्यहरूको माग छ।

जनमत पार्टीका प्रदेससभा सदस्यहरू नाराबाजीमा उत्रिएपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका थिए।

सहमति नजुटेपछि अर्को सूचना नभएसम्म बैठक स्थगित गरिएको छ।

६ फागुनमा मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिएपछि मंगलबार पहिलोपटक प्रदेससभा बैठक बोलाइएको थियो।

बैठकमा खेलकुद तथा समाज कल्याणमन्त्री सुरिताकुमारी साहले ‘प्रदेस बालअधिकार ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची थियो।

८ माघमा मधेस कृषि विश्वविद्यालयको शिलान्यस कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाइएकोमा जनमत पार्टीले विरोध गरेको थियो।

पार्टीका तर्फबाट शिक्षामन्त्री रहेका महेशकुमार यादवलाई समेत जानकारी नदिइ शिलान्यास कार्यक्रम राखिएकोप्रति जनमतले विरोध गरेको थियो।

शिलान्यास कार्यक्रमस्थलमा पुगेका जनमत पार्टीका मन्त्री यादवसहित प्रदेससभा सदस्यहरूमाथि प्रहरीले लाठी प्रहार गरेको उसको आरोप छ।

जनमत पार्टीले त्यही घटनाको छानबिन गर्न संसदीय समिति गठनका लागि माग गरेको हो।

विश्वविद्यालय शिलान्यास कार्यक्रमको घटनापछि जनमत पार्टी सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो।

Author

SHARINGS

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *