DHKHABAR

All news at one place

समाचार

निजगढ विस्फोट अपडेट : थप दुई जनाको मृत्यु

जनकपुरधाम- बाराको निजगढस्थित वर्कसपमा भएको विस्फोटमा थप दुई जनाको मृत्यु भएको छ।

निजगढ–७ स्थित रेशम मगरको रोहित वर्कसप लेथमा सोमबार भएको विस्फोटमा परी घाइते भएकामध्ये थप दुई जनाको मृत्यु भएको हो।

भारत मोहितहारी गवाई बस्ने ३५ वर्षीय राकेश जयसवाल र वीरगञ्ज महानगरपालिका–९ बस्ने २० वर्षीय रितु रजतको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुवै जनाको वीरगञ्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो।

सोमबार मध्याह्न १२ बजे वर्कसपमा ग्यास बेल्डिङ गर्ने क्रममा शंकास्पद बस्तु विस्फोट हुँदा ६ जना घाइते भएका थिए।

विस्फोटमा परी घाइते भएका वर्कसप सञ्चालक रेशमको सोमबारै उपचारको क्रममा बयोधा अस्पताल वीरगञ्जमा मृत्यु भएको थियो।

योसँगै विस्फोटमा परी तीन जनाको मृत्यु भएको छ।

विस्फोटमा परी घाइते भएका निजगढ नगरपालिका–५ का ४५ वर्षीय सूर्यबहादुर थापाको सामुदायिक प्रसुति गृह अस्पताल निजगढमा उपचार भइरहेको छ।

त्यस्तै अन्य दुई जना घाइते वीरगञ्ज–९ का ३४ वर्षीय फिरोद देवान र भारत रामचडवाका २० वर्षीय अरविन साहको बयोधा अस्पताल वीरगञ्जमा उपचार भइरहेको बारा प्रहरीले जनाएको छ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउसमेत गरेको छ।

भारत मोतिहारी बस्ने ४० वर्षीय राज भन्ने रमेश जयसवाल र निजगढ–९ का २९ वर्षीय टिकाराम पाख्रिङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

पक्राउ परेकामध्ये जयसवाल कवाडी किन्ने र पाख्रिङ कवाडी बेच्ने व्यक्ति रहेको उनले बताए।

यो पनि :
http://ग्यास सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु

 

Author

SHARINGS

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *