DHKHABAR

All news at one place

अर्थव्यवस्था

नोटमा चुच्चे नक्सा छाप्ने निर्णयप्रति भारतको असन्तुष्टी : निम्तिएला सटही समस्या?

जनकपुरधाम- नेपालले चुच्चे नक्सा राखेर सय रूपैयाँ दरका नयाँ नोटहरू प्रकाशन गर्न स्वीकृति दिने निर्णय गरेको विषयमा छिमेकी भारतले असन्तुष्ट प्रतिक्रिया दिएको छ। नेपालले नयाँ नोटमा दुई देशबीचका विवादित भूभाग समेटिएको नक्सा समावेश गर्न लागेको विषयमा भारतका विदेशमन्त्री एस जयशंंकरले…

अर्थव्यवस्था

लगानी सम्मेलनमा दुईवटा सम्झौता

काठमाडौं- तेस्रो लगानी सम्मेलनका क्रममा निजी क्षेत्रबीच दुईवटा सम्झौता भएका छन्। आइतबार सम्मेलनको उदघाटनस सत्रपछि स्वदेशी तथा विदेशी निजी क्षेत्रका संस्थाबीच व्यावसायिक सहकार्यका लागि सम्झौता भएको हो। नेपाल उद्योग वाणिज्य महासंघ र नेसनल चेम्बर अफ कमर्स, मलेसियाबीच द्विपक्षीय व्यापार तथा…

अर्थव्यवस्था

विदेशी लगानीका लागि नेपालको सबै क्षेत्र खुला : देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला रहेको बताएका छन्। आइतबार काठमाडौंमा सुरू भएको तेस्रो लगानी सम्मेलनको उदघाटन कार्यक्रममा उनले यस्तो बताएका हुन्। सभापति देउवाले नेपालमा लगानीका लागि कृषि, पर्यटन, पूर्वाधार विकास,…

अर्थव्यवस्था

‘नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस्’

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको बताएका छन्। आइतबार काठमाडौंमा तेस्रो लगानी सम्मेलनको उदघाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्। नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा लिन…

अर्थव्यवस्था

नेपाल लगानीको आकर्षक गन्तव्य : अर्थमन्त्री पुन

काठमाडौं- अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य भएको बताएका छन्। आइतबारदेखि काठमाडौंमा सुरू तेस्रो लगानी सम्मेलनको उदघाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। नेपाललाई लगानीको गन्तव्यका रूपमा प्रस्तुत गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको उनको भनाइ छ। अर्थमन्त्री पुनले…

अर्थव्यवस्था

नेपालमा लगानीको अपार सम्भावना छ : अध्यक्ष ढकाल

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्। आइतबारदेखि काठमाडौंमा सुरू भएको तेस्रो लगानी सम्मेलनमा बोल्दै उनले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानीका लागि आग्रह गरे। नेपालमा अधिकांश क्षेत्रहरूमा लगानीको सम्भावना रहेको…