जनकपुरधाम- आइसिसी टि–२० विश्वकपअन्तर्गत दक्षिण अफ्रिका र बंगलादेशविरूद्धको खेलका लागि नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछाने वेस्टइन्डिज पुगेका छन्।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन्दीप वेस्टइन्डिजमा नेपाली टोलीमा समावेश हुनेछन्।
सन्दीप वेस्टइन्डिज पुगेपछि मात्र क्यानले आधिकारिक विज्ञप्ति जारी गरेको छ।
क्यानका अनुसार सन्दीपको नाम समावेश गर्दै तीव्रगतिका युवा बलर प्रतिश जिसीलाई रिजर्भमा राखिएको छ।
बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएपछि उनलाई क्यानले टोलीमा राख्ने निर्णय गरेको थियो।
अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि सन्दीपले गत जुन ४ मा अमेरिकाको डालसमा भएको नेदरल्यान्ड्सविरूद्धको खेल गुमाएको थियो।
भिसा नपाएका कारण अमेरिकाकै फ्लोरिडास्थित लाउडरहिलमा हुने श्रीलंकाविरूद्धको खेल पनि गुमाउनेछन्।
नेदरल्यान्ड्ससँग पहिले खेल हारेको नेपाल श्रीलंकासँग बुधबार र दक्षिण अफ्रिकासँग असार १ गते र बंगलादेशसँग असार ३ गते खेल्नेछ।
Leave a Reply