जनकपुरधाम- नेपाली क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसिसी वरियतामा छैटौं स्थानमा पुगेका छन्।
ऐरीको अहिलेसम्मकै यो उच्च वरियता हो।
आइसिसीले मंगलबार जारी गरेको टि–२० आइको अलराउन्डरतर्फको वरियतामा ऐरी छैटौं स्थानमा उक्लिएका हुन्।
आइसिसी वरियतामा यसअघि उनी नवौं स्थानमा थिए।
जारी टि–२० विश्वकप प्रतियोगितामा ऐररीले बंगलादेश, दक्षिण अफ्रिका र नेदरल्यान्ड््सविरूद्धका खेलहरूमा ऐरीले ३२ रन जोड्नुका साथै ६ विकेट लिएका थिए।
टि–२० को अलराउन्डरको पहिलो स्थानमा अस्ट्रेलियाका मार्कस स्टोइनिस, दोस्रो स्थानमा वानिन्दु हसरंगा, तेस्रो स्थानमा बंगलादेशका शाकिब अल हसन रहेका छन्।
त्यस्तै चौथौ स्थानमा अफगानिस्तानका मोहम्मद नाबी, पाँचौं स्थानमा जिम्बाबेका सिकन्दर रजा छन्।
ऐरीलाई भारतका हार्दिक पान्ड्या, इंग्ल्यान्डका लियाम लिभिङ्स्टन, मोइन अली र दक्षिण अफ्रिकाका एडेन माक्ररमलाई पछ्याइ रहेका छन्।
Leave a Reply