टि–२० श्रृंखला : नेपाल र वेस्टइन्डिज ‘ए’ बीच प्रतिस्पर्धा हुँदै

जनकपुरधाम- नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको चाथो टि–२० खेल बिहीबार हुँदैछ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा चौथो खेल हुन लागेको हो।

मध्याह्न सवा १२ बजेबाट खेल सुरू हुने जनाइएको छ।

पाँच खेलको श्रृंखलामा नेपालले एक र वेस्टइन्डिज ‘ए’ ले दुई खेल जितेको छ।

श्रृंखला हात पार्न चाथो खेल जित्नैपर्ने दबाब नेपालमाथि छ। आजको खेल जितेर नेपाल श्रृंखलामा बराबरी गर्न चाहन्छ भने वेस्टइन्डिज यो खेल जित्दै एक खेलअगावै श्रृंखलामाथि कब्जा गर्ने दाउमा रहनेछ।

अर्को महिना अमेरिका र वेस्टइन्डिजमा हुन लागेको टि–२० विश्वकपको तयारीस्वरूप नेपालले वेस्टइन्डिज ‘ए’ सँग अभ्यास गरिरहेको छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *