जनकपुरधाम- ओमानमा जारी एसिसी प्रिमियर कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले शनिबार कतारसँग प्रतिस्पर्धा गर्दैछ।
अल अमारतमा यो खेल नेपाली समयअनुसार अपराह्न ४ : १५ बजे सुरू हुनेछ।
यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल विजयी भएको थियो।
ओमनको अल अमेरात खेलमा भएको खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्दै नेपालले पहिलो जित हासिल गरेको हो।
टस जितेर ब्याटिङ रोजेको मलेसियाले दिएको १४४ रनको लक्ष्य पछ्याएको नेपालले ४ बल बाँकी छँदै ५ विकेटको क्षतिमा लक्ष्य प्राप्त गरेको थियो।
नेपालको जितमा आसिफ शेखले सर्वाधिक ३२ रन बनाए। यसैगरी कप्तान रोहित पौडेलले २८ रन बनाए भने ओपनर कुशल भुर्तेल २४ रनमा आउट भए।
यसैगरी दीपेन्द्रसिंह ऐरी २० रनमा आउट भए भने गुल्सन झा १९ र सन्दीप जोरा १२ रनमा नटआउट रहे।
प्रिमियर कपअन्तर्गत नेपालकै समूहमा रहेका हङकङ र कुवेतबीच भएको खेलमा हङकङ २६ रनले विजयी भएको छ।
Leave a Reply