आइसिसी टि–२० विश्वकप : बंगलादेशसँग नेपाल पराजित

जनकपुरधाम- आइसिसी टि–२० विश्वकपमा दक्षिण अफ्रिकाविरूद्ध जितनजिक पुगेको नेपाल अर्को टेस्ट राष्ट्र बंगलादेशसँग पराजित भएको छ।

सोमबार बिहान वेस्टइन्डिजको किङ्सटाउन मैदानमा भएको समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको हो।

यो जितसँगै बंगलादेश सुपर–८ मा पुगेको छ।

रोमाञ्चक खेलमा बंगलादेशले प्रस्तुत गरेको १०७ रनको जितको लक्ष्य नेपालले भेट्याउन सकेन। नेपाली टोली १९.२ ओेभरमा सबै विकेट गुमाएर ८५ रनमात्रै बनाउनसक्यो।

योसँगै जारी टि–२० विश्वकपमा नेपालले आफ्नो सबै खेलमा पराजय भोग्नुपरेको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश नेपालको आक्रामक बलिङसामु निरीह बन्यो।

निर्धारित २० ओभरसमेत खेल्न नसकेको बंगलादेशले १९.३ ओभरमा सबै विकेट गुमाएर केवल १०६ रन बनाउनसक्यो।

बंगलादेशका लागि शाकिबअल हसनले सर्वाधिक १७ रन बनाए। ओपनर तन्जिद हसन शून्य रनमा आउट हुँदा लिटन दास १०, नजिमउल हुसेन सान्ते ४, तहिद हृदय ९, महमुदुल्लाह १३ र जाकेर अली १२ रनमा आउट भए।

नेपालका लागि सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी, रोहित पौडेल र सन्दीप लामिछानेले २–२ विकेट लिए।

१०७ रनको जितको लक्ष्य लिएर उत्रिएको नेपाली टोलीको सुरूवात राम्रो हुनसकेन।

ओपनर कुशल भुर्तेल ४ र आसिफ शेख १७ रनमा आउट भए। त्यस्तै अनिल साह शून्य, कप्तान रोहित पौडेल १ र सन्दीप जोरा १ रनको मात्रै योगदान दिनसके।

कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले राम्रो साझेदारी गरे पनि टिमलाइृ जितत दिलाउन सकेनन्।

मल्लले २७ र ऐरीले २५ रन बनाए।

ऐरी आउट भएपछि ब्याटिङ गर्न आएका गुलशन झा, सोमपाल कामी र अविनाश बोहरा शून्य रनमा आउट भए भने सन्दीप लामिछानेले बल सामना गर्ने मौका नै पाएनन्।

बंगलादेशका लागि तन्जिम हसन साकिबले ४ र मुस्फिजुर रहमानले ३ विकेट लिए।

त्यस्तै शाकिलअल हसनले २ र तस्किन अहमदले १ विकेट लिए।

 

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *