DHKHABAR

All news at one place

खेलकुद

क्यानडाविरूद्धको श्रृंखला : नेपालको ‘क्लिन स्विप’

तस्बिर : क्यान

काठमाडौं- अनिल साह र भीम सार्कीको शतकीय इनिङले क्यानडाविरूद्धको एकदिवसीय क्रिकेट श्रृंखलामा नेपालले ‘क्लिन स्विप’ गरेको छ।

तीन खेलको श्रृंखला नेपालले ३–० ले जितेको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको श्रृंखलाको तेस्रो तथा अन्तिम खेलमा नेपालले क्यानडालाई ९ विकेटले पराजित गरेको छ।

जितका लागि क्यनाडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले ४३.३ ओभरमा एक विकेटको क्षतिमा २३४ रन जोड्दै लक्ष्य पूरा गरेको थियो।

नेपालका लागि ओपनर साह र सार्कीले सानदार शतकीय इनिङ्स खेले। दुवै जनाले दोस्रो विकेटका लागि अविजित १८१ रनको साझेदारी गरे।

एकदिवसीय क्रिकेटमा नेपालको यो उच्च साझेदारीसमेत हो।

अनिलको यो एकदिवसीयमा पहिलो अन्तर्राष्ट्रिय सतक हो। त्यस्तै भीमको पनि यो खेल जीवनको पहिलो सतक हो।

११२ रन बनाएका अनिलले १४ चौका र २ छक्का प्रहार गरे। त्यस्तै १०१ रन बनाएका भीमले ११ चौका र १ छका प्रहार गरे।

अर्का ओपनर कुशल भुर्तेल १३ रन बनाएर आउट भए। बलिङतर्फ क्यानडाका लागि डिलोन हेलिगरले १ विकेट लिए।

 

Author

SHARINGS