DHKHABAR

All news at one place

खेलकुद

अनिल साह : नेपालका ‘धोनी’

काठमाडौं- नेपाली क्रिकेटले एउटा अर्काे महेन्द्रसिंंह धोनी पाएको छ। नेपाली धोनीको शानदार ब्याटिङबाट विपक्षी टिमका लागि विनाशक सावित भइरहेको छ।

क्यनाडाका बलहरूलाई ‘रामधुलाइ’ गर्ने नेपाली धोनी हुन्, अनिल साह।

क्यानडाविरूद्धको श्रृंखलाको तेस्रो म्याचमा ‘तुफानी’ ब्याटिङ गरेका अनिलले १९ बलमै अर्धशतक ठोके। राष्ट्रिय टिममा दुई वर्षपछि फर्केका अनिलले आफ्नो पाँचौं म्याचमै ओपनिङको मौका पाएका थिए।

ब्याटिङका लागि मैदानमा उत्रिएसँगै उनले छक्का र चौकाको वर्षातै गरे। दुई वर्षको लामो अन्तरालपछि टिममा पुनरागमन गर्ने कुैनै पनि खेलाडीका लागि यो त्यति सहज हुँदैन।

तर, नेपालको यो नयाँ ‘सनसनी’ ले आफ्नो ५० रनको विस्फोटक इनिङमार्फत सहज बनाएर देखाइदिए।

यतिबेला फेरिएको नेपाली क्रिकेटको सनसनी बनेका छन्, अनिल। विकेटकिपर ब्याट्सम्यान अनिलको टिममा पुनरागमनको अन्दाजले नेपाली क्रिकेटलाई महेन्द्रसिंह धोनी दिएको छ।

भारतको सबैभन्दा सफल कप्तान र विकेटकिपर ब्याट्सम्यानको उपाधि हासिल गरेका महेन्द्रसिंह धोनीको दबदबा पूरा विश्वमा आज पनि कायमै छ।

उनको जबर्जस्त ब्याटिङ, शक्तिशाली शट आज पनि सबैको मानसपटलमा ताजै छ। ठीक त्यस्तै सैली देखाइरहेका छन्, अनिलले।

अनिलले ‘दबंग’ सैलीमा क्यानडाका बलरहरूलाई पिटाइ गरे। र, केवल १९ बलमा ५० रन बनाए। आफ्नो त्यो इनिङमा उनले तीन छक्का र सात चौका प्रहार गरेका थिए।

अनिलले ६ वर्षअघि २०१८ अगस्त १ तारिखमा नेदरल्यान्ड्सविरूद्ध पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए।

यसअघि चार म्याच खेलेर जम्मा ३२ रनमात्रै बनाएका उनलाई टिमबाट बाहिरिनुप¥यो। अनिलले आफ्नो अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता २०२२ मार्च २६ तारिखमा खेलेका थिए।

अनिलको यो पुनरागमन सुखद देखिएको छ। क्यानडाविरूद्ध विशाल लक्ष्यलाई पछ्याएको नेपालले नियमित ओपनर कुशल भुर्तेललाई विश्राम दिएर अनिललाई मौका दिएको थियो।

अनिलमाथि दबाब थियो, किनभने दुई वर्षपछि टिममा उनको पुनरागमन भएको थियो। आफूलाई साबित गर्नुपर्ने थियो।

तर, अनिलको ब्याटिङ गर्ने अन्दाजले उनी फरक ढंगको खेलाडी रहेको साबित गरिदिएको छ।

उनमा पावर पनि छ, साहस पनि छ र खेल्ने टेक्निक पनि। अनिलको तीन छक्काले महेन्द्रसिंह धोनीको ‘लफ्टेड सट’ को यादलाई ताजा गरिदिएको छ।

‘पावरफुल’ अन्दाजमा उनले तीब्र गतिका बलरको बललाई बाउन्ड्रीलाइन बाहिर पठाए।

२८६ रनको स्कोर पछ्याउनु कुनै कोणबाट सजिलो हुँदैन। तर, १९ बलमा ५० रनको अनिलको विस्फोटक इनिङलका कारण क्यानडाविरूद्ध नेपालले सहज जितमात्रै हासिल गरेन बरू श्रृंखलामाथि कब्जा जमाउन सफलभयो।

अनिलको दबदबा त्यो निर्णायक म्याचसम्म मात्रै सीमित रहेन। आक्रमक अन्दाजमा ब्याटिङ गर्ने उनको सैली क्यनडाविरूद्धको तेस्रो खेलमा पनि देखियो।

क्यानडाका बलरमाथि हाबी भएका अनिलले तेस्रो खेलमा अविजित रहँदै शतकीय इनिङ खेले। १२४ बलको सामना गर्दै उनले ११२ रन बनाए।

९०.३२ स्ट्राइक रेटले ब्याटिङ गरेका अनिलले आफ्नो शतकीय पारीमा १२ चोका र २ छक्का प्रहार गरे।

 

SHARINGS

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *