DHKHABAR

All news at one place

खेलकुद

क्यानडाविरूद्धको श्रृंखलामाथि नेपालको कब्जा

तस्बिर : क्यान

काठमाडौं- क्यानडाविरूद्धको दोस्रो एकदिवसीय क्रिकेट म्याच पनि नेपालले जितेको छ। यो जितसँगै तीन म्याचको श्रृंखलामाथि नेपालले कब्जा जमाएको छ।

क्यानडाविरूद्ध शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको दोस्रो खेल ४ विकेटले जित्दै नेपालले श्रृंखलामाथि आफ्नो कब्जा जमाएको हो।

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको क्यानडाले नेपालसामु २८६ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

नेपालले यो लक्ष्य ४५.१ ओभरमा ६ विकेट गुमाएर पुरा ग¥यो। नेपालका तीन खेलाडीले अर्धशतकीय इनिङ खेले। कप्तान रोहित पौडेलले सार्वधिक ८७ रन बनाए।

१०१ बलको सामना गरेका उनले चार छक्का र ८ चौका प्रहार गरे।

त्यस्तै देव खनालले ८१ बलमा ७६ रन बनाए। उनले दुई छक्का र सात चौका प्रहार गरे।

अनिलकुमार साहले पनि अर्धशतकीय इनिङ खेल्दै ५० रनको योगदान दिए। उननले तीन छक्का र सात छक्का हाने।

भीम सार्कीले २३, पवन सर्राफले १४ र आशिफ शेखले १० रन बनाए।

१० औं ओभरमा दुई विकेट गुमाइसकेको नेपालका ब्याटरहरूको धैर्यपूर्ण प्रदर्शन गरे। विकेटको दबाबमा नआइ लक्ष्यतर्फ एकाग्र भएर ब्याटरहरूले गरेको प्रदर्शनका कारण क्यानडाविरूद्धको दास्रो खेलमा नेपालले सहज जित निकाल्यो।

क्यानडाका लागि हर्ष थाकर र ईश्वरजोत सोहीले २–२ तथा शाद विन जाफर र दिलप्रित बज्वाले १–१ विकेट लिए।

यसअघि क्यानडाले ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रनको योगफल खडा गरेको थियो।

क्यनाडाका लागि ओपनर आरोन जोन्सनले सर्वाधिक ६५ रन जोडे। त्यस्तै नवनीत धलिवालले ४६, श्रेयस मोभ्वाले ४०, पर्गत सिंहले ३८, निकोलस कीर्तनले २०, उदय भगवान्ले २०, दिलप्रित बज्वाले १९ र शाहिद अहमदजाइले १३ रन बनाए।

नेपालका लागि रोहित पौडेल र कुशल मल्लले २–२ तथा सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफले १–१ विकेट लिए।

यअसघि बिहीबार भएको श्रृंखलाको पहिलो खेलमा नेपालले क्यानडामाथि ७ रनको रोमाञ्चक जित हासिल गरेको थियो।

नेपालले क्यानडासँग पहिलोपटक एकदिवसीय श्रृंखला खेलेको हो।

 

Author

SHARINGS

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *