DHKHABAR

All news at one place

खेलकुद

क्यानडाले दियो २८६ रनको लक्ष्य, नेपालको खराब सुरूवात

तस्बिर : क्यान

काठमाडौं- एकदिवसीय क्रिकेट श्रृंखलाअन्तर्गतको दोस्रो खेलमा जितका लागि क्यनाडाले नेपालसामु २८६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको क्यनाडाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २८५ रन बनायो।

२८६ रनको लक्ष्य पछ्याइरहेको नेपालले खराब सुरूवात गरेको छ।

९.५ ओभरमा ७० रन जोड्दा नेपालले दुई विकेट गुमाएको छ। ओपनिङका लागि आएका अनिल साह ५० र आसिफ शेख १० रन बनाएर आउट भएका छन्।

अहिल कप्तान रोहित पौडेल र देव खनाल क्रिजमा छन्।

क्यनडाका लागि आरोज जोहनसनले ६५ रनको अर्धशतकीय इनिङ खेल्दा नवनित धलिवलले ४६, श्रीयस मोभाले ४०, परगत सिंहले ३८, उदय भगवानले २० र निकोलस किर्तनले २० रनको योगदान दिए।

नेपालका लागि कुशल मल्ल र कप्तान रोहित पौडेलले २–२ विकेट निकाले। यस्तै सूर्य तामाङ, आकाश चन्द, पवन सर्राफ र सोमपाल कामीले १–१ विकेट लिए।

तीन खेलको श्रृंखलामा नेपालले बिहीबार भएको पहिलो खेलमा ७ रनको रोमाञ्चक जित हासिल गरेको थियो।

आजका खेलमा जित निकालेर नेपाल श्रृंखलामाथि कब्जा गर्ने प्रयासमा रहेको छ भने क्यानडा १–१ ले बराबरी गर्ने रणनीतिमा देखिएको छ।

 

Author

SHARINGS

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *