DHKHABAR

All news at one place

खेलकुद

नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य

तस्बिर ; क्यान

काठमाडौं- तीन खेलको एकदिवसीय क्रिकेट श्रृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले क्यानडासामु जितका लागि २२५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २२४ रन बनायो।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ६२ रनको अर्धशतकीय इनिङ्स खेले।

५८ बलको सामना गरेका उनले ९ चौका र १ छक्का प्रहार गरे।

आरिफ शेखले ३८, सोमपाल कामीले २७, कुशल मल्लले २०, भीम सार्कीले १७, पवन सर्राफले १५ र सूर्य तामाङल १० रनको योगदान दिए।

क्यानडाका लागि उदय भगवानले ३ विकेट लिए। त्यस्तै साद विन जफर इश्वारजोत सोढीले २–२ तथा साहित अमदजाई र र्ह थाकेरले १–१ विकेट लिए।

नेपाल र क्यानडाबीचको दोस्रो खेल फेब्रुअरी १० र अन्तिम खेल १२ तारिखमा हुनेछ।

Author

SHARINGS

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *