दोस्रो टेस्टमा भारतविरूद्ध इंग्ल्यान्डको १०६ रनको हार

काठमाडौं- भारतले दोस्रो टेस्ट म्याचमा इंग्ल्यान्डलाई १०६ रनले पराजित गरेको छ।

विशाखापट्टनममा भएको दोस्रो टेस्ट म्याचमा इंग्ल्यान्डविरूद्ध भारतले शानदार जित हासिल गरेको हो।

जितका लागि ३९९ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड टिम २९२ रनमा अलआउट भयो।

दोस्रो इनिङमा भारतका लागि जसप्रित बुमराह र रवीचन्द्र अश्निले ३–३ विकेट लिए। त्यस्तै मुकेश कुमार, कुलदीप यादव र अक्षर पटेलले १–१ विकेट लिए।

१४३ रनको अग्रताका साथ भारतले दोस्रो इनिङमा २५५ रन बनाउँदै इंग्ल्यान्डसामु ३९९ रनको लक्ष्य प्रसतुत गरेको थियो।

पाँच टेस्ट म्याचको श्रृंखलामा भारत र इंग्ल्यान्ड १–१ म्याच जितेको छ।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *