DHKHABAR

All news at one place

खेलकुद

आइपिएल फाइनल : कप्तानको अस्ट्रेलियाई सम्बन्धले हैदराबादलाई दिलाउला सफलता?

जनकपुरधाम- आइपिएल २०२४ को फाइनल खेल आइतबार राति चेन्नईको चेपौक मैदानमा कोलकत्ता नाइट राइडर्स र सनराइजर्स हैदराबादबीच हुँदैछ।

दुवै टिमले अहिलेसम्म यो प्रतियोगितामा जबरदस्त प्रदर्श गरेका छन्।

पूरै आइपिएलमा हैदराबादका ब्याटरहरूले आक्रामक ब्याटिङ गरेका छन् भने कोलकत्ताले ब्याटिङ, बलिङ र फिल्डिङमा शानदार प्रदर्शन गरेर फाइनलमा प्रवेश गरेको छ।

१७ औं आइपिएलको उपाधि हात पार्न एकातर्फ श्रेयस अय्यर नेतृत्वको कोलकत्ता टिम रहेको छ भने अर्कोतर्फ अस्ट्रेलियाको विश्व विजेता कप्तान पैट कमिन्स नेतृत्वको हैदराबाद टिम उनलाई चुनौती दिन मैदानमा उत्रिने छ।

कोलकत्ता यसअघि दुईपटक र हैदराबादले एकपटक आइपिएलको उपाधिमाथि कब्जा गरेको छ।

विगतमा हैदराबादको प्रतिनिधित्व गर्ने डेक्कन चार्जर्सले पनि एकपटक आइपिएल जितिसकेको छ।

दुवै टिमले पाँच–पाँचपटक आइपिएलको उपाधि जितसकेका टिमहरूलाई पराजित गरेर फाइनलसम्मको यात्रा तय गरेको हो।

आइतबार राति चेपौक मैदानमा श्रेयस र गौतम गम्भीरको कप्तान–कोच जोडी र कमिन्स र डेनियल भिटोरीको जोडी आइपिएल ट्रफी जित्न उत्रिने छन्।

कसको पल्ला भारी?

आइपिएलको यो संस्करणको फाइनल खेल कोलकत्ता र हैदराबाद खेलिनेछ भनेर क्रिकेटका धेरै कम जानकारले अनुमान गरेका थिए।

सबै पूर्वानुमानहरूलाई झुटा सावित गर्दै हैदराबाद र कोलकत्ताले आइपिएलका उत्कृष्ट टिमहरूलाई पराजित गर्दै फाइनलसम्म पुगिसकेको छ।

यो दुवै टिम पहिलोपटक भने आमनेसामने भएको होइन। यसअघि क्वालिफायर–१ मा कोलकत्ताले हैदराबादलाई पराजित गरेर सोझै फाइनलमा स्थान सुनिश्चित गरेको थियो।

त्यसपछि कमिन्सको हैदराबाद यसको फाइदा उठाउँदै क्वालिफायर–२ मा राजस्थान रोयल्सलाई पराजित गरेर फाइनलमा पुग्यो।

यो सिजनको प्रदर्शनलाई हेर्ने हो भने दुवै टिमले एकअर्काविरूद्ध दुई म्याच खेलेका छन्।

र, दुवै म्याचमा कोलकत्ताको प्रदर्शन दमदार रह्यो।

लिग चरणको पहिलो खेलमा कोलकत्ताले हैदराबादलाई चार रनले पराजित ग¥यो र क्वालिफायर–१ मा पनि कोलकत्ताले नै जित हासिल गरेको थियो।

आइपिएल इतिहासमा अहिलेसम्म यो दुवै टिमले एकअर्काविरूद्ध २७ म्याच खेलेका छन्।

जसमध्ये १८ म्याचमा कोलकत्ता र ९ मा हैदराबादले जित हासिल गरेको छ।

आँकडालाई हेर्दा कोलकत्ता टिम मजबुत देखिन्छ। तर, कमिन्स आक्रामक कप्तान हुन् र नकआउटमा आफनो टिमलाई जिताएको अनुभव उनीसँग छ।

यसका साथै हैदराबाद टिमले यो प्रतियोगितामा रनको पहाड खडा गर्दै आइरहेको छ। पछिल्लो केही खेलमा खराब प्रदर्शन भए पनि फाइनलमा दुवै टिमबीच रोमाञ्चक प्रतिस्पर्धाको अनुमान गरिएको छ।

हैदराबाद र अस्ट्रेलियाई कप्तानबीचको सम्बन्ध

सनराइजर्स हैदराबादअघि हैदराबाद सहरबाट डेक्कन चार्जर्स नामक टिमले आइपिएलमा भाग लिएको थियो।

२००८ मा आइपिएलको पहिलो संस्करणपछि पहिलोपटक भारतबाहिर प्रतियोगिता खेलिएको थियो।

त्यो बेला अस्ट्रेलियाई खेलाडी एडम गिलक्रिस्टले डक्कन चार्जर्सलाई आइपिएलको विजेता बनाएका थिए।

दक्षिण अफ्रिकामा भएको प्रतियोगिताको फाइनलमा गिलक्रिस्टको टिमले रोयल च्यालेन्जर्स बैगलोरलाई पराजित गरेर आइपिएल ट्रफी हात पारेको थियो।

त्यसपछि सन् २०१३ मा सनराइजर्स हैदराबादको आइपिएलमा प्रवेश भएको थियो।

२०१६ को आइपिएलमा फेरि एकपटक अस्ट्रेलियाई खेलाडीले हैदराबादलाई उपाधि दिलायो। त्यो संस्करणमा हैदराबादले फाइनल म्याचमा बैंगलोरलाई ८ रनले पराजित गरेको थियो।

त्यसपछिका प्रतियोगिताहरूमा सनराइजर्सले कप्तान फे¥यो।

केन विलियम्सन, भुवनेश्वर कुमार, मनिष पाण्डे, एडेन मार्करमजस्ता खेलाडीले हैदराबाद टिमको नेतृत्व गरे। तर, उनीहरूले उपाधि हात पार्न सकेनन्।

२०२३ को प्रतियोगितामा खराब प्रदर्शनपछि हैदराबाद टिमका मालिकले न्युजिल्यान्डका डेनियल भिटोरीलाई प्रमुख प्रशिक्षक नियुक्त गर्दै टिमको नेतृत्व अस्ट्रेलियाई खेलाडीलाई दियो।

हालसालै एकदिवसीय विश्वकप जितेका कमिन्सले पहिलो खेलदेखि नै टिमको सफल नेतृत्व गरेका छन्। र, हैदराबाद टिमका लागि अस्ट्रेलियाई कप्तानको सम्बन्ध एक सफल सम्बन्ध रहेको भनी सावित गरिदिएका छन्।

कोलकत्ता टिमले यो मिथकलाई तोड्ला वा फेरि एकपटक अस्ट्रेलियाई खेलाडी यो प्रतियोगितामा हैदराबादका प्रशंसकलाई खुसियाली मनाउने मौका दिनेछन् यो महत्वपूर्ण हुनेछ।

 

 

Author

SHARINGS

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *