DHKHABAR

All news at one place

खेलकुद

आपिएल : कोलकत्ताविरूद्ध पञ्जाबको कीर्तिमानी जित

जनकपुरधाम- जौनी बेयरस्टो र शशांक सिंहको स्मरणीय इनिङले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किङ्सलाई जितमात्रै दिलाएन सबैभन्दा सफल रेन चेजको कीर्तिमानसमेत बनायो।

टि–२० क्रिकेटमा दक्षिण अफ्रिकाले वेस्टइन्डिजविरूद्ध २५९ रनको लक्ष्य पछ्याउने कीर्तिमान बनाएको थियो।

अब आइपिएलमा पञ्जाबले कोलकत्ता नाइट राइडर्सविरूद्ध २६२ रनको लक्ष्य पछ्याएर इतिहास रचिदिएको छ।

यो जितका साथै पञ्जाबले इपिएल प्रतियोगितामा अगाडिको चरणमा पुग्ने सम्भावनालाई कायमै राखेको छ।

शुक्रबार राति पञ्जाब र कोलकत्ताबीच भएको खेलमा ४२ छक्का प्रहार भएको कीर्तिमान बन्यो। जसमध्ये पञ्जाबले २४ र कोलकत्ताले १८ छक्का प्रहार गरेको थियो।

बेयरस्टो र शशांको विस्फोटक ब्याटिङ

बेयरस्टो र शशांकको विस्फोटक ब्याटिङ सामुन्ने २६२ रनको लक्ष्य सामान्य देखिएको थियो।

टिम व्यवस्थापनले बेयरस्टोलाई दुई म्याचमा बाहिर बसाएको थियो। कोलकत्ताविरूद्ध उत्रिएका उनी ज्यादै आक्रामक देखिए।
उनले पहिलो ६ म्याचमा केवल ९६ रनमात्रै बनाउन सकेका थिए।

यो खराब प्रदर्शनका कारण बेयरस्टोलाई पछिल्लो दुई खेल गुमाउनुपरेको थियो।

सेतो बलका यो ब्याटर यति धेरै आहत भए कि उनले टिममा फर्किएसँगै शतक बनाएर देखाइदिए कि उनी को हुन्।

आइपिएलमा आफ्नो दोस्रो शतक लगाउन उनले जम्मा ४५ बलको सामना गरे। आफ्नो शतक बनाउन बेयरस्टोले ८ चौका र ८ छक्का प्रहार गरे।

यो रन उनले २२२.२२ को स्ट्राइकरेटले बनाए। बेयरस्टोले ४८ बलमा १०८ रन बनाए।

त्यस्तै शशांक सिंहले आइपिएलको यो संस्करणमा आफ्नो प्रदर्शनले उनी पैसा असुल्ने खेलाडी रहेको प्रमाणित गरिदिएका छन्।

२६२ रनको लक्ष्य पछ्याएको पञ्जाबका लागि बेयरस्टो र प्रभसिमरन सिंहले मजबुत सुरूवात दिलाए।

त्यसपछि शशांकले आफ्नो आक्रामक अन्दाजले इडन गार्डनमा उपस्थित दर्शकलाई मन्त्रमुग्धमात्रै गरेनन् बरू ८ बल बाँकी छँदै टिमलाई लक्ष्यसम्म पु¥याइदिए।

शशांकको आक्रामक ब्याटिङका कारण कोलकत्ताका बलहररू बल कहाँ फ्याँक्ने भन्नेमा अन्योलमा देखिन्थे।

हर्षित राणा स्लोअर बलको राम्रो प्रयोगका लागि चिनिन्छन्। तर, शशांकले उनले फ्यालेको लगातार दुई बलमा छक्का प्रहार गरेर आफ्नो अर्धशतक पूरा गरे।

शशांक यसअघि छैठौं सातौं स्थानमा ब्याटिङका लागि आउने गरेका थिए। तर, टिम व्यवस्थापनले उनलाई चौथौं स्थानमा पठाउने निर्णय गरेको थियो।

र, उनी यो भूमिकामा पूर्ण रूपले सफल साबित भए।

बेयरस्टोसँग तेस्रो विकेटका लागि भएको साझेदारीमा ८४ रन बनेको थियो। जसमध्ये ६८ रन शशांक एक्लैले बनाए।

शशांकलाई टि–२० का लागि राम्रो खेलाडी मानिन्छ। किनभने उनीसँग सबैखाले बललाई बाउन्ड्री बाहिर पठाउने क्षमता रहेको छ।

सर्वश्रेष्ठ साझेदारी पनि लागेन काम

सुनिल नारायण र फिलिप साल्टले सिजनको सर्वश्रेष्ठ ओपनिङ साझेदारी बनाएर कोलकत्तालाई २६१ रनसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेले।

यसअघि लखनऊका लागि केएल राहुल र क्विन्टन डिककले १३४ रनको साझेदारीको कीर्तिमान बनाएका थिए।

सुनिल र साल्टको कीर्तिमानी साझेदारीले पनि कोलकत्तालाई जित दिलाउनसकेन।

 

 

SHARINGS

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *