DHKHABAR

All news at one place

खेलकुद

हैदराबाद र दिल्लीको ब्याटिङ : ‘बल ब्याज’ लाई पनि प्रयोग गर्नुपर्‍यो हेलमेट

जनकपुरधाम – आइपिएलमा शनिबार आफ्नो ‘अलराउन्ड’ प्रदर्शनको मदतले सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई एकतर्फी प्रतिस्पर्धामा ६७ रनले पराजित गर्‍यो।

हैदराबादले प्रस्तुत गरेको २६६ रनको जबाफमा दिल्ली केवल १९९ रनको स्कोरमा खुम्चियो।

हैदराबादका लागि ट्रैविस हेडले आक्रामक ब्याटिङ गर्दै ३२ बलमा ८९ रन बनाए भने टि नटराजनले ४ विकेट लिएर दिल्लीको रनचेजमाथि ब्रेक लगाइदिए।

गएको संस्करणमा हैदराबाद अंकतालिकामा सबैभन्दा तल रहँदा यसपालि सबैभन्दा शानदार ब्याटिङ गर्दै शनिबार राति अंकतालिकाको दोस्रो स्थानमा पुग्यो।

हैदराबादले यो म्याचमा कैयौं रेकर्डहरू बनायो।

हेड र अभिषेक शर्माको आक्रामक साझेदारीका कारण उसले ५ ओभरमै एक सय रन जोडिसकेको थियो। पहिलो पावरप्ले सकिनुअघि हैदराबादको खातामा विना कुनै क्षति १२५ रन आइसकेको थियो।

यो कुनै पनि टि–२० का लागि पावरप्लेमा सबैभन्दा ठूलो स्कोर हो।

६ ओभरमा १२५ रन जोडेको हैदराबादले यही रनरेटले ब्याटिङ गरेको भए २० ओभरसम्म स्कोर ४ सय बढी हुने थियो।

५० ओभरको खेलमा यो रनरेटले १ हजारबढी रन बन्ने थियो।

पावरप्लेमा हैदराबादको जबरदस्त ब्याटिङपछाडि फेरि एकपटक हेडको ठूलो हात रह्यो।

उनले हैदराबादका लागि सबैभन्दा तीव्र अर्धशतक बनाए। हेडको ५० रन केवल १६ बलमा आइसकेको थियो।

उनले आइपिएलको यो संस्करणमा अभिषेक शर्माले १६ बलमा बनाएको ५० रनको रेकर्डलाई बराबरी गरे।

हेड यो सिजनको सबैभन्दा तीव्र सतक बनाउने बाटोमा अगाडि बढिसकेका थिए। तर, कुलदीप यादवको एउटा बलले उनको यो यात्रालाई अन्त्य गरिदियो।

६ छक्का र ११ चौकाको मदतले हेडले ३२ बलमा ८९ रन बनाए।

यो सिजनमा सबैभन्दा बढी रन विराट कोहलीले बनाएका छन् र हेड ठीक उनको पछाडि खडा छन्।

हेडका साथै ओपनर ब्याटर अभिषेक शर्मा पनि आक्रामक देखिए। दुवैले मिलेर ३८ बलमा १३१ रनको साझेदारी गरे।

अभिषेकले केवल १२ बलमा ४६ रन बनाए र उनको स्ट्राइकरेट ३८३ को रह्यो।

‘बल ब्याज’ बाट हेलमेटको प्रयोग

क्रिकेट समयसँगै परिवर्तन भइरहेको छ। र, म्याचमा प्रयोग भइरहेको हेलमेटको प्रयोगले यसको पुष्टि गरिरहेको छ।

राम्रो गुणस्तरको हेलमेट बजारमा आउँदा तीव्र गतिका बलरबाट जोगिन सबैभन्दा पहिलो यसको प्रयोग ब्याटरहरूले गरे।

पछि ब्याटरको नजिक फिल्डिङ गर्ने फिल्डरले हेलमेट प्रयोग गर्न थाले। फेरि विकेटकिपरले सुरक्षाका लागि यसको प्रयोग गरे।

टि–२० क्रिकेटमा आक्रामक प्रहारबाट जोगिन अम्पायरले पनि हेलमेट प्रयोग गरेको देखिएको छ।

र, अब बाउन्ड्री बाहिरबाट बल समाएर मैदानमा फर्काउने जिम्मेवारी निभाउने ‘बल ब्याज’ लाई पनि हेलमेट प्रयोग गर्नुपरिरहेको छ।

मैदानमा ‘बल ब्याज’ ले हेलमेट प्रयोग गरेको सम्भवतः यो पहिलोपटक हो।

कमेन्ट्री गरिरहेका मुरली कात्र्तिकले यसतर्फ संकेत गर्दा सुनिल गावस्करले सुरक्षाको ग्यारेन्टी पहिलो जिम्मेवारी रहेको भन्दै यसलाई ठीक कदम भने।

 

 

SHARINGS

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *