
तस्बिर : क्यान
जनकपुरधाम- एसिसी प्रिमियर कपमा नेपालले साउदी अरेबियालाई पराजित गरेको छ। साउदी अरेबियालाई पराजित गरेको नेपालले प्रिमियर कपमा अपराजित यात्रालाई कायम राखेको हो।
ओमानमा बुधबार भएको खेलमा नेपालले साउदी अरेबियलाई ६ विकेटले पराजित ग¥यो।
योसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ।
वर्षाका कारण खेल प्रभावित भएपछि ८ ओभरमा सीमित भएको थियो। पहिले ब्याटिङ गरेको साउदी अरेबियाले नेपालसामु ७४ रनको विजय लक्ष्य प्रस्तुत गरेको थियो।
नेपालले ७.२ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो।
नेपालका लागि गुल्शन झाले सर्वाधिक ३२ रन बनाए। उनी नटआउट रहे।
गुल्शनले १९ बलमा २ र २ छक्का प्रहार गरे।
त्यस्तै कप्तान रोहित पौडेलले अविजित १६ रन बनाए।
७ बल खेलेका उनले १ चौका र १ छक्का प्रहार गरे।
त्यस्तै दीपेन्द्रसिंह ऐरीले ९ बलमा ३ चौका प्रहार गर्दै १७ रन बनाए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले निर्धारित ८ ओभरमा ७ विकेटको क्षतिमा ७३ रन बनाएको थियो।
साउदी अरेबियाका लागि अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।
Leave a Reply