DHKHABAR

All news at one place

खेलकुद

जौसको ‘जोस’ ले परास्त कोलकत्ता

जनकपुरधाम- इन्डियन प्रिमियर लिग (आइपिएल) को ३१ औं म्याचमा राजस्थान रोयल्सले प्रतिद्वन्द्वी कोलकत्ता नाइट राइडर्समाथि रोमाञ्चक जित हासिल गरेको छ।

मंगलबार इडन गार्डेन्समा भएको खेलमा जौस बटलरको सतकीय इनिङको मदतले राजस्थानले कोलकत्ताविरूद्ध २ विकेटको जित हासिल गरेको हो।

२२४ रन पछ्याएको राजस्थानलाई बटरल एक्लैले जितको लक्ष्यसम्म पु¥याए।

राजस्थानका ब्याटरहरू सस्तोमा आउट भइरहेका बेला बटरल एक्लैले १०७ रन बनाउँदा कोलकत्ता पराजय भोग्न बाध्य भए।

उनले ६० बल खेलेर १०७ रन बनाए। बटलरले आफ्नो सतकीय इनिङमा ९ चौका र ६ छक्का प्रहार गरे। ओपनिङका लागि आएका बटलर अन्त्यसम्म आउट भएनन्।

कोलकत्ताविरूद्धको सतकसँगै टाटा आपिएलमा बटलरले ७ सतक बनाइसकेका छन्।

पहिले ब्याटिङ गरेर २२३ रन बनाएको कोलकत्ता जितका लागि ढुक्क देखिएको थियो। एकपछि अर्को गरी राजस्थानको लगातार विकेट खस्दै गएपछि कोलकत्ताले जित हासिल गर्ने लगभग पक्काजस्तै थियो।

तर, बटरल र रोमवन पावेलको आक्रामक ब्याटिङले जितको नजिक पुगिसकेको कोलकत्ताको मुखबाट जित खोस्यो।
पावेलले १३ बलमा २६ रन बनाए।

राजस्थानका लागि यशस्वी जयसवालले १९, कप्तान सन्जु सैमसनले १२, रियान परागले ३४, ध्रुव जुरेलले २ रनको योगदान दिए।

कोलकत्ताका लागि हर्षित राना, सुनिल नारायण र वरुण चक्रवर्तीले २–२ र वैभव अरोराले १ विकेट लिए।

घरेलु मैदान इडेन गार्डेन्समा पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २२३ रनको योगफल खडा गरेको थियो।

कोलकत्ताका लागि सुनिल नारायणले आक्रामक ब्याटिङ गर्दै ५६ बलमा १०९ रनको सतकीय इनिङ खेले। तर, उनको सतकले कोलकत्तालाई हारबबाट जोगाउन सकेन।

नारायणबाहेक कोलकत्तको अन्य ब्याटरहरूले खासै प्रदर्शन गर्न सकेनन्।

फिल साल्ट १०, अंगक्रिस रघुवन्शी ३०, कप्तान श्रेयस अय्यर ११, आन्ड्रे रसल १३ र रिंकु सिंहले २० रनको योगदान दिए।

कोलकत्ताविरूद्धको जितसँगै ७ मध्ये ६ खेल जितेको राजस्थान १२ अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ।

त्यस्तै दोस्रो स्थानमा कोलकत्ता, चेन्नई सुपरकिङ्स तेस्रो र सनराइजर्स हैदराबाद चौथौं स्थानमा रहेका छन्।

SHARINGS

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *