काठमाडौं- आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्समा भारतले नेपाललाई जितका लागि २९८ रनको लक्ष्य दिएको छ।
दक्षिण अफ्रिकाको माङ्गाउंग ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको भारतले नेपालसामु यो लक्ष्य प्रस्तुत गरेको हो।
भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २९७ रनको योगफल बनायो।
भारतका लागि सचिन दासले सर्वाधिक ११६ रनको योगदान दिए। उनले १०१ बलमा ११ चौका र ३ छक्का प्रहार गरे।
कप्तान उदय सहरानले १०७ बलमा ९ चौका प्रहार गर्दै १ सय रन बनाए।
त्यस्तै आदर्श सिंहले २१ रन बनाउँदा प्रियान्सु मोलियाले १९ र अर्सिन कुलकर्नीले १८ रन जोडे। मुहिर खानले अविजित ९ रन बनाए।
नेपालका लागि गुलशन झाले ३ र आकाश चन्दले १ विकेट लिए।
दोस्रो इनिङमा ब्याटिङमा उत्रिएको नेपालले भने खराब सुरूवात गरेको छ। २९८ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरूवात गरेको हो।
समाचार तयार पार्दासम्म नेपालले ७६ रन जोड्न ६ विकेट गुमाइसकेको छ।
सुपर सिक्स चरणको दोस्रो म्याच खेलि्हेको नेपाल सेमिफाइनलको दौडबाट यसअघि नै बाहिरिइसकेको छ।
Leave a Reply