काठमाडौं- काठमाडौंमा जारी त्रिकोणात्मक टि–२० श्रृंखलाको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ।
बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेदरल्यान्ड्सविरूद्धको खेलमा नेपालले हारको सामना गर्नुपरेको हो।
नेदरल्यान्ड्सले प्रस्तुत गरेको १८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २ रनले पारजित भएको हो।
नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रनमात्रै बनाउनसक्यो।
नेपाललाई जितका लागि अन्तिम ओभरमा १५ रन चाहिएको थियो। दीपेन्द्रसिंह ऐरीले पहिलो बलमा चौका र दोस्रो बलमा छक्का प्रहार गरेर टिमलाई लक्ष्यको नजिक पुर्याए।
तेस्रो बलमा करण केसी रन आउट भए। चौथो बलमा ऐरी ६३ रनको व्यक्तिगत स्कोरमा बोल्ड भए।
त्यस्तै कप्तान रोहित पौडेलले अर्धशतक पूरा गरेर आउट भए। कुल मल्ल ११ र आशिफ शेख ३४ रन बनाउँदा कुशल भुर्तेल शून्य रनमा आउट भए।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनाएको थियो।
यसअघि नेपाल आफ्नो पहिलो खेलमा नाबियिासँग पराजित भएको थियो।
Leave a Reply