त्रिकोणात्मक टि–२० श्रृंखलाका लागि टिमको घोषणा

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टि–२० श्रृंखलाका लागि टिमको घोषणा गरेको छ।

नामिबिया र नेदरल्यान्ड्ससँग मंगलबादेखि हुने त्रिकोणात्मक टि–२० श्रृंखलाका लागि क्यानले टिमको घोषणा गरेको हो।

क्यानले आइतबार रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको हो।

टि–२० टिममा अनिल साहका साथै नेपाल ए टिमका कप्तान विनोद भण्डारी, राशिद खान र सन्दीप जोरालाई समावेश गरिएको छ।

नेपाली टिम – रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, ललित राजबंशी, करण केसी, गुल्शन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल साह, रसिद खान, सागर ढकाल, आरिफ शेख र अविनाश बोहरा।

श्रृंखलाको पहिलो खेलमा मंगलबार नेपालले नामिबियाको सामना गर्दैछ। यसअघि भएको विश्वकप क्रिकेट लिग २ मा भने नेपालले नामिबियाविरुद्ध दुवै खेलमा पराजयको सामना गर्नुपरेको थियो।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *