काठमाडौं- आइसिसी विश्वकप लिग–२ अन्तर्गत बिहीबारदेखि त्रिदेशीय श्रृंखला सुरू हुँदैछ।
लिग–२ अन्तर्गत नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीच श्रृंखला सुरू हुन लागेको हो।
श्रृंखलाको पहिलो खेलमा नेपालले घरेलु मैदानमा नामिबियासँग प्रतिस्पर्धा गर्दैछ। त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजेदेखि खेल सुरू हुँदैछ।
सन्, २०२७ सम्म चल्ने लिग–२ मा नेपाल, नेदरल्याड्स, अमेरिका, युएई, ओमान, स्कटल्यान्ड, क्यानडा र नामिबिया छन्।
लिग–२ का शीर्ष चार टोलीले सन् २०२७ को विश्वकप छनोटमा सोझै स्थान बनाउनेछन्।
शीर्ष चारमा पर्न नसके क्वालिफायर प्लेअफ खेल्नुपर्छ। प्लेअफको बिजेताले मात्रै विश्वकप छनोट खेल्न पाउँछ।
प्लेअफलमा घटुवा हुँदा एकदिवसीय अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता गुम्ने खतरा पनि हुन्छ।
तर, अबको चार वर्षमा नेपालले एकदिवसीय मान्यता जोगाउन नभइ एसोसिएट देशमध्ये पहिलो बन्ने लक्ष्य राखेको छ।
नेपालले नेदरल्यान्ड्स र नामिबियाविरूद्ध खेल्नुअघि यसै साता क्यानडासँग तीन खेलको श्रृंखला खेलेको छ। यो श्रृंखला नेपालले ३–० ले हात पारेको छ।
Leave a Reply