विश्वकप लिग– २ : नेदरल्यान्ड्सविरूद्ध जित निकाल्ने लक्ष्यमा टिम नेपाल

तस्बिर : क्यान

काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्यान्ड्सविरूद्ध नेपालले पहिले ब्याटिङ गरिरहेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेदरल्यान्ड्सले टस जितेर बलिङ रोजेपछि नेपाल पहिले ब्याटिङमा उत्रिएको हो।

नेदरल्यान्ड्सविरूद्ध जित निकाल्दै नेपाल यो श्रृंखलाको अन्त्य गर्ने लक्ष्यमा छ। त्यस्तै नेदरल्यान्ड्स पनि श्रृंखलाको अन्तिम खेल जित्न चाहन्छ।

श्रृंखलामा तीन खेल खेलिसकेको नेपालले एक जित र दुई हार बेहोर्नुपरेको छ।

नेपाल नामिबियासँग भएको दुवै खेलमा पराजित भएको थियो। नेदरल्यान्ड्सविरूद्धको पहिलो खेलमा भने नेपाल ९ विकेटले विजयी भएको थियो।

नेपालविरूद्ध दुई र नेदरल्यान्ड्ससँग एक खेलमा जित निकालेको नामिबिया अहिले ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ।

एक जित निकालेको नेपाल र नेदरल्यान्ड्स समान दुई अंकसहित दोस्रो र तेस्रो स्थानमा रहेको छ।

नेदरल्यान्ड्सविरूद्ध नेपाली टोलीमा दुई खेलाडी परिवर्तन गरिएको छ। देव खनाल र सोमपाल कामीको स्थानमा आरिफ शेख र गुल्सन झालाई राखिएको छ।

श्रृंखलाको अन्तिम खेलमा जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको नेपालको सुुरूवात भने सन्तोषजनक भएको छैन।

१८ ओभरमा ७५ रन जोड्दा नेपालले तीन विकेट गुमाएको छ।

ओपनिङका लागि आएका आसिफ शेख १७, कुशल मल्ल २ र अनिल साह ७ रन बनाएर आउट भइसकेका छन्।

अर्का ओपनर कुशल भुर्तेल ३७ र कप्तान रोहित पौडेल ९ रन बनाएर ब्याटिङ गरिरहेका छन्।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *