विश्वकप लिग–२ : नामिबियासँग नेपाल ४ विकेटले पराजित

काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ।

त्रिवि मैदान कीर्तिपुरमा बिहीबार भएको पहिलो खेलमा १३३ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको नामिबियाले नेपाललाई ४ विकेटले पराजित गरेको हो।

टस हारेर पहिला ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित ४९.१ ओभरमा सबै विकेट गुमाएर १३२ रनमात्रै बनाउनसक्यो।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रन बनाए भने गुलशन झाले २२ रन जोडे।

त्यसबाहेक अन्य कुनै पनि खेलाडीले २० रनसमेत कटाउन सकेनन्।

नामिबियाका लागि कप्तान जेरहार्ड एरसमस एक्लैले ५ विकेट लिए।

१३३ रनको लक्ष्यसहित मैदानमा उत्रिएको नामिबियाका ज्यान फ्राइलिन्कले सर्वाधिक ३४ रन बनाए। ज्यान निकोलस लोफ्टी एटनले ३१ रनको योगदान दिए।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *