नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा

जनकपुरधाम – नेपालले एसिसी प्रिमियर कपको सेमिफाइनलमा स्थान सुनिश्चित गरेको छ।

सोमबार हङकङलाई ८ विकेटले पराजित गर्दै नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा पुगेको हो।

सामबारै भएको अर्को खेलमा कतारले मलेसियालाई हराएपछि समूह ‘ए’ बाट नेपाल सेमिफाइनलमा पुग्ने निश्चित भएको हो।

अहिले ६ अंकसहित नेपाल तालिकामा शीर्ष स्थानमा छ।

यसअघ नेपालले मलेसिया र कतारलाई हराएको थियो।

ओमानको अल अमिरात क्रिकेट मैदानमा वर्षाका कारण खेल सुरू हुन ढिला हुँदा २० ओभरको खेललाई १८ ओभरमा खुम्च्याइएको थियो।

टस जितेर फिल्डिङ रोजेको नेपालले हङकङलाई एक बल खेल्नुअगाडि अलआउट गर्दै ११४ रनमा रोकेको थियो।

नेपालले १२.२ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो।

नेपालका अविनाश बोहोरा उत्कृष्ट खेलाडी घोषित भए। उनले ३ विकेट लिएका थिए।

कुशल भुर्तेल र आसिफ शेखको ओपनिङ जोडीले आक्रामक सुरूवात गरेपछि नेपालले पाएको सामान्य लक्ष्य छिट्टै पूरा ग¥यो।

पहिलो विकेटका लागि यो जोडीले छटौं ओभरभित्र ७० रनको साझेदारी गरेको थियो।

भुर्तेलले १९ बलमा दुई छक्का र तीन चौका प्रहार गर्दै ३२ रन बनाए। आसिफले १८ बलमा ४० बनाउन तीन चौका र तीन छक्का प्रहार गरे।

सातौं ओभरभित्र यी दुई खेलाडी आउट भएपछि आएका कप्तान रोहित पौडेलले अविजित २५ तथा सन्दीप जोराले १९ रन बनाएर खेल जिताए।

 

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *