जनकपुरधाम- काठमाडौंमा जारी त्रिकोणात्मक टि–२० अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत नेदरल्यान्ड्सविरूद्धकोे खेलमा नेपालले शानदार बलिङ प्रदर्शन गरेको छ।
नेपालको आक्रमक बलिङसामु निरीह बनेको नेदरल्यान्ड्सले जितका लागि १२१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्स नेपालको बलिङसामु निर्धारित २० ओभर पनि टिक्न सकेन।
नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै विकेट गुमाएर १२० रनको योगफल खडा ग¥यो।
नेपालका लागि प्रतिश जिसीले सर्वाधिक ३ विकेट लिए। उनले ४ ओभरमा एक म्याडेन दिँदै १३ रन खर्चिएर तीन विकेट लिएका हुन्।
त्यस्तै करण केसी र कुशल मल्लले समान २–२ र दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए।
नेदरल्यान्ड्सका लागि म्याक्स ओ डाउडले सर्वाधिक ३१ रन बनाए। त्यस्तै टिम भान डर गगटेनले २४ र कप्तान स्कट एडवर्डस्ले १८ रन जोडे।
Leave a Reply