टेस्ट क्रिकेटमा रोहित शर्माले पूरा गरे ११ औं सतक

काठमाडौं- इंग्ल्यान्डविरूद्ध जारी तेस्रो क्रिकेट टेस्टमा भारतीय कप्तान रोहित शर्माले आफ्नो टेस्ट करियरको ११ औं सतक पूरा गरेका छन्।

यसका साथै रोहितले टेस्ट क्रिकेटमा आफ्नो ७९ औं छक्का प्रहार गरेर महेन्द्रसिंह धोनीको ७८ छक्काको कीर्तिमान पनि तोडेका छन्।

भारतको तर्फबाट टेस्ट क्रिकेटमा सर्वाधिक ९१ छक्काको कीर्तिमान विरेन्द्र सहवागको नाममा रहेको छ।

२०२ रनको योगफलमा भारतले तीन विकेट गुमाइसकेको थियो। त्यो बेला रोहित क्रिजमा डटेर खेलिरहेका थिए। उनले दुई छक्का र १२ चौकाको मदतले १७२ बलमा १११ रन बनाइसकेका थिए।

इंग्ल्यान्डविरूद्ध पाँच म्याचको टेस्ट श्रृंखलाको तेस्रो खेलमा पहिलो दिन रोहितले टस जितेर ब्याटिङ गर्ने निर्णय गरे।

तर, ओपनर ब्याटर यशस्वी जयसवाल १० बलमा १० रन बनाएर आउट भए।

एकतर्फ रोहितले टिकेर खेलिरहे पनि अर्कोतर्फबाट उनले साथ पाइरहेका थिएनन्। शुभम गिल शून्य रन बनाएर आउट भए।

त्यसपछि रजत पटिदार पनि पाँच रन बनाएर प्याबेलियन फर्किए।

तर, रोहितले रवीन्द्र जडेजासँग साझेदारी गरेर भारतलाई बलियो स्कोरतर्फ अगाडि बढाउने प्रयास गरिरहेका छन्।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *