टि–२० श्रृंखला : फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा

काठमाडौं- त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि–२० श्रृंखलाको फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने भएको छ।

वर्षाका कारण आइतबार नामिबिया र नेदरल्यान्ड्सबीचको खेल रद्द भएपछि नेपाल फाइनलमा पुगेको हो।

नामिबिया र नेदरल्यान्ड्सबीच १–१ बाँडिएको छ।

नामिबियासँग अंक बाँडिएपछि ५ अंकसहित नेदरल्यान्ड्स शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको छ। दोस्रो भएको नेपालसँग ४ अंक छ।

अंक बाडिएपछि तीन अंकसहित नामिबिया तेस्रो स्थानमा रहेको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले १५ ओभरमा ४ विकेट गुमाएर ९८ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो।

नेपाल पहिलो खेलमा नामिबियासँग २० र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो।

त्यसप्छि तेस्रो खेलमा नामिबियालाई ३ रन चौथो खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै नेपालले फाइनलमा पुग्ने सम्भावनालाई कायमै राखेको थियो।

नेपाल र नेदरल्यान्ड्सबीच फाइनल खेल मंगलबार हुनेछ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *