
तस्बिर : क्यान
जनकपुरधाम- अमेरिकामा जारी आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ।
नेपालले १० वर्षपछि टि–२० विश्वकप प्रतियोगिता खेल्न लागेको हो।
खेल नेपाली समयअनुसार मंगलबार राति सवा ९ बजे सुरू हुनेछ।
नेपालले यसअघि सन् २०१४ मा पहिलोपटक टि–२० विश्वकप खेलेको थियो। त्यसयता नेपाल विश्वकप प्रतियोगिताका लागि छनोट हुनसकेको थिएन।
नेदरल्यान्ड्ससँग खेल्दै नेपालले यसपालि विश्वकपको यात्रा सुरू गर्नेछ।
समूह ‘डी’ मा रहेको नेपालभन्दा समूहका अन्य टोली र आइसिसी वरीयता र प्रदर्शनका हिसाबले बलिया छन्।
यो समूहमा एकपटकको टि–२० च्याम्पियन श्रीलंका र विश्व क्रिकेटकै बलियो राष्ट्र दक्षिण अफ्रिका छन्।
विश्वकपमा निरन्तर सहभागी राष्ट्र बंगलादेश पनि नेपालकै समूहमा छ। बंगलादेश टि–२० विश्वकपमा निरन्तर सहभागी राष्ट्र हो भने एसोसिएट राष्ट्रमा नेपालको कडा प्रतिद्वन्द्वीका रूपमा नेदरल्यान्ड्स पनि रहेको छ।
मंगलबार नेदरल्यान्ड्सविरूद्ध पहिलो खेल खेलिरहेको नेपाल दोस्रो खेल ३० जेठमा श्रीलंकासँग खेल्नेछ।
त्यस्तै तेस्रो खेल असार १ गते दक्षिण अफ्रिकासँग र समूह चरणको अन्तिम खेल असार ३ गते बंगलादेशविरूद्ध खेल्दै नेपालको समूह चरणको खेल सक्नेछ।
समूह चरणमा हुने चार खेलमध्ये नेपालले दुई खेल अमेरिकामा र दुई खेल वेस्टइन्डिजमा खेल्नेछ।
यसअघि २०१४ मा बंगलादेशमा भएको टि–२० विश्वकप प्रतियोगितामा नेपाल पहिलोपटक सहभागी भएको थियो।
Leave a Reply