
फाइल तस्बिर
जनकपुरधाम- आइसिसी टि–२० विश्वकपअन्तर्गत आइतबार चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच भिडन्त हुँदैछ।
अमेरिकाको न्युयोर्कस्थित नसाऊ काउन्टीको आइजनहवर पार्कमा दुवै टिमबीच प्रतिस्पर्धा हुन लागेको हो।
भारतीय टिम पाकिस्तानलाई पराजित गरेर जितको लयलाई निरन्तरता दिने अपेक्षासहित मैदानमा उत्रिने छ।
अर्कोतर्फ अमेरिकासँग पराजित भएको पाकिस्तान टिम आफ्नो पहिलो जितको खोजीमा हुनेछ।
यो प्रतिस्पर्धामा भारतीय टिम रोहित शर्मा र पाकिस्तान टिम बाबर आजमको नेतृत्वमा मैदानमा उत्रिने छ।
जारी विश्वकपमा बहुप्रतिक्षित भारत–पाकिस्तानबीचको खेल राति सवा ८ बजे सुरू हुनेछ।
कसको पल्ला भारी?
सन् २००७ देखि सुरू भएको टि–२० विश्वकप प्रतियोगितामा हालसम्म भारत र पाकिस्तान ७ पटक आमनेसामने भइसकेको छ।
जसमध्ये ६ खेलमा भारतले बाजी मार्दा पाकिस्तान केवल एक खेलमा जित हासिल गर्न सकेको छ।
एकदिवसीय विश्वकपलाई समेत हेर्ने हो भने दुवै टिमबीच १५ पटक भिडन्त भएको छ। जसमध्ये भारतले १४ वटा खेल जितेको छ।
भारतले सन् १९९२ मा अस्ट्रेलियामा भएको एकदिवसीय विश्वकपमा सबैभन्दा पहिले पाकिस्तानलाई पराजित गरेको थियो।
त्यो बेलादेखि अहिलेसम्म एकदिवसी र टि–२० गरी विश्वकपमा १५ पटक दुवै टिम आमनेसामने भइसकेका छन्।
जसमध्ये सन् २०२१ मा दुबईमा भएको टि–२० को एक खेलमा मात्र भारतले हार बेहार्नु परेको छ।
Leave a Reply