जनकपुरधाम- आइसिसी टि–२० विश्वकपअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल रद्द भएको छ।
लगातार वर्षा भएपछि अमेरिकाको लाउडरहिलमा हुने भनिएको खेल रद्द भएको हो।
खेल रद्द भएपछि नेपाल र श्रीलंकाबीच एक–एक अंक बाँडिएको छ।
लगातार दुई खेलमा पराजित भएको श्रीलंका विश्वकपबाट बाहिरिएको छ भने नेपालको आशा जिवितै छ।
अब बाँकी दुई खेल खेल्न नेपाली टोली वेस्टइन्डिज जानेछ।
समूह ‘डी’ मा रहेको नेपालले वेस्टइन्डिजको सेन्ट भिन्सेटमा ३२ जेठमा दक्षिण अफ्रिका र २ असारमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।
खेल हेर्न फ्लोरिडाको लाउडरहिल मैदान पुगेका नेपाली समर्थकहरू निराश भएर फर्किएका छन्।
Leave a Reply