जनकपुरधाम- अमेरिकामा जारी टि–२० आइसिसी विश्वकप क्रिकेट प्रतियोगितामा दक्षिण अफ्रिकाविरूद्ध श्रीलंकाले लज्जास्पद हार बेहोर्नु परेको छ।
टि–२० विश्वकप विजेत रहेको श्रीलंका टिम दक्षिण अफ्रिकासँग ६ विकेटले पराजित भएर लज्जास्पद हार बेहोर्नुपरेको हो।
टस जितेर ब्याटिङ रोजेको श्रीलंका दक्षिण अफ्रिकाका बलरसामु निरीह बन्यो। श्रीलंकाले १९.१ ओभरमा सबै विकेट गुमाएर जम्मा ७७ रन जोड्नसक्यो।
श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक १९ रन बनाए। त्यस्तै कामिन्डु मेन्डिस ११ र एन्जेलो म्याथ्युजले १६ रन जोडे।
यी तीनबाहेक श्रीलंकाका अन्य कुनै पनि ब्याटर दोहरो अंकमा रन बनाउन सकेनन्।
श्रीलंकाका चार ब्याटर शून्य रनको स्कोरमा डगआउट फर्किए।
दक्षिण अफ्रिकाका लागि एनरिक नोर्टेले ४, केगिसो रवाडा र केशव महाराजले २–२ तथा ओटनेल बार्टमेनले १ विकेट लिए।
७८ रनको लक्ष्य लिएर उत्रिएको दक्षिण अफ्रिका २२ बल बाँकी छँदै दुई विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो।
दक्षिण अफ्रिकाका लागि क्विन्टन डिककले २०, रीजा हेन्ड्रिक्सले ४, एडेन मारक्रमले १२, ट्रिस्टन स्टब्सले १३ र हेनरिक क्लासेनले १९ रनको योगदान दिए।
श्रीलंकाका लागि वाइन्डु हसरंगाले २, नुवान तुसारा र दसुन सनाकाले १–१ विकेट लिए।
यही समूहमा रहेको नेपाल मंगलबार नेदरल्यान्ड्सविरूद्ध मैदानमा उत्रिएर विश्वकपको यात्रा सुरू गरिरहेको छ।
नेपाल र नेदरल्यान्ड््सविरूद्धको खेला राति सवा ९ बजे सुरू हुनेछ।
Leave a Reply