जनकपुरधाम- अमेरिका र वेस्टइन्डिजमा भइरहेको टि–२० विश्वकप प्रतियोगितामा अस्ट्रेलियाले इंग्ल्यान्डलाई पराजित गरेको छ।
शनिबार राति भएको खेलमा अस्ट्रेलियाले इंग्ल्यान्डलाई ३६ रनको अन्तरले पराजित गरेको हो।
इंग्ल्यान्डले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। ब्याटिङका लागि उत्रिएको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर २०१ रन बनायो।
जारी विश्वकपमा यो कुनै पनि टिमले बनाएको सर्वाधिक स्कोर हो।
जवाफी ब्याटिङको लागि उत्रिएको इंग्ल्यान्ड टिम २० ओभरमा ६ विकेट गुमाएर केवल १६५ रन बनाउनसक्यो।
२०१ रनको योगफल खडा गर्ने क्रममा अस्ट्रेलियाका कुनै ब्याटरले अर्धशतक बनाउन सकेनन्। तर, ओपनर ब्याटर ट्रेविस हेड र डेविड वार्नरले आक्रामक ब्याटिङ गरे।
हेडले १८ बलमा ३४ र वार्नरले १६ बलमा ३९ रन बनाए।
त्यस्तै गु्रप ‘डी’ को एक अन्य खेलमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई ४ विकेटले पराजित ग¥यो।
टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेदरल्यान्ड्सले २० ओभरमा ९ विकेट गुमाएर केवल १०३ रन बनायो।
कम स्कोर भएको यो म्याचमा पनि रोमाञ्च हेर्न पाइयो। दक्षिण अफ्रिकाले १९ औं ओभरमा ६ विकेट गुमाएर लक्ष्य हासिल ग¥यो।
Leave a Reply