जनकपुरधाम- आइसिसी टि–२० विश्वकपको सुपर–८ चरणमा अफगानिस्तान बंगलादेशविरूद्ध रोमाञ्चक जित हासिल गर्दै सेमिफाइनलमा पुगेको छ।
बंगलादेशलाई रनले पराजित गर्दै अफगानिस्तान विश्वकपको सेमिफाइनलमा पुगेको हो।
मंगलबार बिहान भएको खेलमा अफगानिस्तानले बंगलादेशलाई ८ रनले (डिएलस) पराजित गरेको हो।
अफगानिस्तानको यो जितसँगै सेमिफाइनलमा पुग्ने डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाको यात्रामा विराम लागेको छ।
यसअघि अफगानिस्तानबाट पराजित भएको अस्ट्रेलिया सोमबार भारतसँग पनि हारेपछि विश्वकपबाट बाहिरिएको हो।
अफगानिस्तानले प्रस्तुत गरेको ११६ रनको लक्ष्य पछ्याएको बंगलादेशले १०५ रनमात्रै बनाउनसक्यो।
बंगलादेशका लागि लिटन दासले सर्वाधिक ५४ रन बनाए। ओपनिङका लागि आएका दास अन्त्यसम्म आउट भएनन्।
११६ रनको सामान्य लक्ष्य पछ्याएको बंगलादेशका चार खेलाडी शून्य रनमा आउट भए।
अफगानिस्तानका लागि नवीनउल हक र कप्तान रासिद खानले ४–४ तथा फजलाक फारुकी र गुल्बादीन नैबले १–१ विकेट लिए।
यसअघि ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ११५ रन बनाएको थियो।
सेमिफाइनलमा अफगानिस्तानले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ।
Leave a Reply