टि–२० विश्वकपका लागि भारतीय टिमको घोषणा, ऋषभको पुनरागमन

जनकपुरधाम- भारतीय क्रिकेट बोर्ड (बिसिसिआइ) ले टि–२० विश्वकपका लागि टिमको घोषणा गरेको छ।

आगामी २ जुनदेखि अमेरिका र वेस्टइन्डिजमा हुन लागेको आइसिसी टि–२० विश्वकप क्रिकेटका लागि बिसिसिआइले टिमको घोषणा गरेको हो।

रोहित शर्माको कप्तानीमा घोषणा गरिएको टिममा ऋषभ पन्त फर्किएका छन्।

कार दुर्घटनामा परेर घाइते भएपछि बाहिर भएका पन्त झन्डै साढे एक वर्षपछि टिममा फर्किएका हुन्।

जारी आइपिएलमा उनी देलही क्यापिटल्सका कप्तान हुन्।

त्यस्तै शिवम दुबे र विकेट किपर ब्याट्सम्यान सन्जु सैमसनले पनि टिममा स्थान पाएका छन्।

चेन्नइ सुपर किङ्सका तर्फबाट आइपिएल खेलिरहेका दुबे आफ्नो आक्रामक ब्याटिङले चयनकर्ताहरूलाई प्रभावित गरेका छन्।

त्यस्तै टिममा स्थान सुनिश्चित गरेका सैमसन जारी आइपिएलमा राजस्थान रोयल्सका कप्तान छन्।

भारतीय टिममा स्पिनर युजवेन्द्र चहल पनि फर्किएका छन्।

भारतीय टिम : रोहित शर्मा (कप्तान), हार्दिक पान्ड्या (उपकप्तान), यशस्वी जयसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त, सन्जु सैमसन, शिवम दुबे, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चहल, अर्शदीप सिंह, मोहम्मद सिराज र जसप्रीत बुमराह।

यसबाहेक शुभमन गिल, रिंकु सिंह, के.अहमन, खलील अहमद र आवेश खानलाई रिजर्भमा राखिएको छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *