जनकपुरधाम- एसएमएस टि–२० मैत्रीपूर्ण खेलको उपाधिका लागि आइतबार नेपाल र गुजरातबीच प्रतिस्पर्धा हुँदैछ।
नेपाल र गुजरातबीचको फाइनल खेल दिउँसो १ ः १५ बजे सुरू हुन लागेको हो।
गुजरातस्थित साई मेघप्पन स्पोर्टसलाइफ मैदानमा हुने खेलमा दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रने छन्।
जारी प्रतियोगितामा एक खेलमा पराजित र अन्य सबैमा विजयी हुँदै नेपाल फाइनलमा प्रवेश गरेको हो।
तर, अन्तिम खेलमा कमजोर टोलीसँग पराजित भएको नेपालका लागि आजको खेल सहज हुने छैन।
टि–२० विश्वकपको तयारीस्वरूप नेपाली टोली भारत भ्रमणमा रहेको छ।
Leave a Reply