जनकपुरधाम- लखनऊ सुपर जायन्ट्स आइतबार राति आइपिएलमा गुजरात टाइटन्सविरूद्ध अन्ततः जित हासिल गर्न सफल भयो।
लखनऊ सुपर जायन्ट्सले लखनऊको इकाना स्टेडियममा भएको खेलमा ३३ रनले विजय प्राप्त गरेर यो उपलब्धि हासिल ग¥यो।
यसअघि गुजरातविरूद्ध लखनऊले सबै चार म्याचमा हार बेहोर्नुपरेको थियो।
लखनऊलाई यो जित दिलाउन बलरहरूको सटिक बलिङ र क्याच समाउन भएको प्रदर्शनले महत्वपूर्ण भूमिका वहन ग¥यो।
लखनऊले पहिले ब्याटिङ गरेर १६० रन बनाएर कहिले पराजित नहुने रेकर्ड बनायो। यसखाले म्याच उसले जितेको यो १३ औंपटक हो।
यश ठाकुरको आइपिएलमा पहिलो ‘पञ्जा’
यश ठाकुरले बलिङमा गतिको उत्कृष्ट परिवर्तन र स्लोअर बाउन्सरको गतिलो प्रयोग गरेर आइपिएलमा पहिलोपटक पाँच विकेट लिएर जित दिलाउन महत्वपूर्ण भूमिका खेले।
उनले ३.५ ओभरमा ३० रन खर्चेर पाँच विकेट लिए। आइपिएलको यो संस्करणमा पाँच विकेट लिने यश पहिलो बलर बने।
शुभमन गिल र साई सुदर्शन मजबुतिका साथ अगाडि बढिरहेका बेला यशले आफ्नो पहिलो ओभरमै गिललाई बोल्ड गरेर पहिलो झड्का दिए।
यशलाई लखनऊ सुपर जायन्ट्सले ४५ लाख रूपैयाँ खर्चेर खरिद गरेको थियो। तर, उनी यो प्रदर्शनले आफ्नो सार्थकता साबित गर्न सफल भए।
शुभमन गिलको विकेट सर्वश्रेष्ठ
प्लेयर अफ द म्याच बनेका यशले पाँचमध्ये गिलको विकेट सर्वश्रेष्ठ भएको बताए।
गिल रूम बनाएर खेल्ने गरेको बताउँदै उनले यसका लागि अगाडि बल फाल्ने योजना बनाएको उल्लेख गरे।
पूर्वक्रिकेटर एवं कमेन्टेटर मोहम्मद कैफले बलिङमा लगातार परिवर्तन गर्ने गरेकाले यशलाई सफलता हासिल भएको जिकिर गरे।
१८ बलले बदलियो म्याचको नक्सा
गुजरातले १६४ रनको लक्ष्य पछ्याइरहेको थियो। उसले पावर प्लेमा एक बल बाँकी छँदासम्म विना क्षति ५४ रन बनाइसकेको थियो।
त्यो बेलासम्म गुजरातले सजहै जित निकाल्नसक्ने सबैलाई लागिरहेको थियो। तर, त्यसपछिको १८ बलमा ४ विकेट खसेपछि म्याचको नक्सा नै परिवर्तन भयो।
यशले गिललाई बोल्ड गरेपछि केन विलियम्सन, साई सुदर्शन र बीआर शरत पनि सजिलै आउट भए। यसमा क्रुणाल पान्ड्याले एक ओभरमा दुई विकेट निकाले।
पान्ड्याले आइपिएल करियरको सर्वश्रेष्ठ प्रदर्शन गर्दै ४ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए।
बिश्नोईको शानदार क्याच
रवि विश्नोईले आफ्नै बलमा समाएको केन विलियम्सनको रिटर्न क्याचलाई म्याचको ‘टर्निङ प्वाइन्ट’ को रूपमा ठान्न सकिन्छ।
गिल आउट भएपछि विलियम्सनले इनिङलाई अगाडि बढाउने अपेक्षा गरिएको थियो।
बिश्नोईको गुगली बललाई विलियम्सनले चिनिसकेका थिए। उनले बलरको बराबर उठाएर खेल्ने प्रयास गरे। बल बिश्नाईलाई छलेर गइसकेको जस्तो लागेको थियो।
तर, उनले आफ्नो दायाँतर्फ हावामा १.९६ मिटर हाम्फालेर एक हातले क्याच समाइदिए। यो क्याच सर्वश्रेष्ठ क्याचमध्ये एक हुने लगभग निश्चित छ।
राहुल तेवतिया बनेका थिए आशा
म्याचको अन्तिम समयमा राहुल तेवतियाले आक्रामक शैलीमा ब्याटिङ गरेर केही समयका लागि दर्शकहरूको मुटुको गति बढाइदिए।
तर, अर्कोतर्फ साथ दिने कोही नभएपछि गत वर्ष जित दिलाउने प्रदर्शन उनले दोहोराउन सकेनन्।
अर्कोतर्फ रन बनाउने कुनै ब्याटर नहुँदा तेवतियाले कैयौंपटक एक रन छोड्नुप¥यो।
तेवतियालाई साथ दिने कोही भइदिएको भए अप्रत्याशित परिणाम पनि आउन सक्ने थियो।
उनले २५ बलमा दुई चौका र दुई छक्काको मदतले ३० रन बनाए।
Leave a Reply