क्यानडाविरुद्ध नेपाल : श्रृंखला आफ्नो पक्षमा पार्ने नेपालको लक्ष्य

काठमाडौं- क्यानडाविरुद्ध जारी एकदिवसीय क्रिकेट श्रृंखलाअन्तर्गत शनिबार नेपालले दोस्रो खेल खेल्दैछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको श्रृंखलामा क्यानडा र नेपाल दोस्रो खेलमा भिड्न लागेका हुन्।

श्रृंखलाको पहिलो खेलमा नेपालले ७ रनको रोमाञ्चक जित हासिल गरेको थियो। यो जितसँगै श्रृंखलामा नेपालले १–० को अग्रता कायम गरेको छ।

शनिबारको खेलमा पनि जित निकाल्दै श्रृंखला आफ्ना पक्षमा पार्ने लक्ष्यसहित नेपाली टोली मैदानमा उत्रिनेछ।

पहिलो खेलमा नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाललाई दबाबमा राखेको क्यानडा पनि जित हासिल गर्दै श्रृंखलामा १–१ को बराबरी गर्ने लक्ष्यसहित मैदानमा उत्रनेछ।

SHARINGS