जनकपुरधाम- इन्डियन प्रिमियर लिग (आपिएल) मा कोलकत्ता नाइट राइडर्स (केकेआर) एक च्याम्पियन टिमको रूपमा देखिन थालेको छ।
केकेआर अहिलेसम्म खेलेको सबै तीन म्याच जितेर अङ्कतालिकाको शीर्ष स्थानमा पुगेको छ।
बुधबार राति केकेआरले दिल्ली क्यापिटल्सलाई १०६ रनले पराजित ग¥यो।
केकेआरको यो जितको नायक सुनिल नारायण रहे। तर, एन्ड्रु रसेल, अंग क्रिस रघुवन्सी र बलरहरूको महत्वपूर्ण भूमिका रह्यो।
टिम व्यवस्थापनले दिएको भूमिका शानदार तरिकाले वहन गर्दै सुनिलले आक्रमक शैलीको आफ्नो ब्याटिङ परिवर्तन नगर्ने संकेत दिइसकेका छन्।
क्रिजमा उभिँदासम्म उनले दिल्लीका कुनै पनि बलरलाई छाडेनन्। सुनिलको ब्याटिङलाई भारतीय टिमका लागि समेत खेलिसकेका इशान्त शर्माले सायदै भुल्न सक्लान्।
सुनिलले इशान्तको दोस्रो ओभरमा तीन छक्का र दुई चौका प्रहार गरेर २६ रन बनाए।
उनले ३९ बलमा २१७ को स्ट्राइक रेटले ब्याटिङ गरेर ८५ रन बनाए। सुनिलले ७ छक्का र ७ चौका प्रहार गरे।
शतक बनाउनबाट चुकेको यो सत्य हो, तर उनले शतकबारे सोचेकै थिएनन्।
सुनिल हरेक बललाई बाउन्ड्री लाइन बाहिर पु¥याउन चाहिरहेका थिए। उनी आफ्नो आइपिएल करियरको सबैभन्दा ठूलो स्कोर बनाउन सफल भए।
सुनिल इनिङको सुरूवातमा खासै आक्रामक देखिएका थिएनन्। २४ रनको निजी स्कोरमा छँदा एक बलमा स्निक भयो। तर, विकेट किपरका साथै बलरसमेतले डिआरएस लिएनन्।
पछि रिप्ले हेर्दा बल उनको ब्याटलाई छोएर विकेट किपर ऋषभ पन्तको ग्लब्समा पुगेको थियो।
त्यसपछि आक्रामक ब्याटिङ गर्दै सुनिलले पावर प्लेमा यो सिजनको सर्वश्रेष्ठ प्रदर्शन गर्दै एक विकेटको क्षतिमा टिमको स्कोर ८८ पु¥याए।
यो प्रदर्शनका कारण केकेआर यो सिजनको दोस्रो ठूलो स्कोर २७२ रन बनाउन सफल भयो। यसअघि सनराइजर्स हैदराबादले २७७ रनको योगफल खडा गरेको थियो।
सुनिलका साथै रसेलको आक्रामक अन्दाजले पनि केकेआरलाई जिततर्फ अगाडि बढायो।
सुनिल र रघुवन्शीले खडा गरेको जगलाई उचाइमा पु¥याउने काम रसेलले गरे।
उनले २ सयबढी स्ट्राइक रेटका साथ १९ बलमा ४१ बनाए जसमा चार चौका र तीन छक्का प्रहार गरे।
रसेलझैं रिंकु सिंहले पनि आफ्नो शैली कायम राख्न सफल भए। उनले ८ बलमा तीन छक्का र एक चौकाको मदतले २६ रन बनाए।
अंग क्रिसले गरे प्रभावित
आइपिएलको यो संस्करणमा युवा पुस्ताले ज्यादै प्रभावित गरिरहेका छन्। र, यसमा थप एउटा नाम जोडिएको छ, अंग क्रिस रघुवन्सी।
केकेआर टिम व्यवस्थापनले गरेको भरोसालाई कायम राख्दै उनले २७ बलमा ५४ रन बनाए। यो उनको आइपिएलमा डेब्यू अर्धशतक पनि हो।
५४ रनको इनिङमा उनले तीन छक्का र पाँच चौका प्रहार गरे। दिल्लीमा जन्मिएका रघुवन्सी ११ वर्षको उमेरमा मुम्बई गएका थिए।
२०२२ को अन्डर–१९ विश्वकप च्याम्पियन बनेको भारतीय टिमका लागि २७८ रन बनाएर रघुवन्सीले पहिलोपटक चर्चा बटुले।
उनका बुबा बास्केटबल र आमा टेनिस खेलाडी हुन्।
पूर्वक्रिकेटर सुनिल गावास्कर रघुवन्शीको यो शानदार प्रदर्शनका लागि केकेआरका कप्तान र कोचलाई श्रेय दिन्छन्।
बलरहरूको पनि महत्वपूर्ण योगदान
सही अर्थमा केकेआर यसपालि एक युनिटझैं देखिएको छ। ब्याटरहरूले खडा गरेको पहाडजस्तै स्कोरसम्म पुग्ने दिल्लीको प्रयासलाई बलरहरूले धारासायी बनाइदिए।
केकेआरले मिचेल स्टार्कलाई खरि गर्न करौडौं रूपैयाँ खर्च गरेको थियो। तर, स्टार्कले पहिलोपट त्यो खर्च चुक्ता गरेका छन्।
उनले २५ रन दिएर दुई विकेट लिए। तर, अर्का पेस बलर वैभव अरोडाले दुवैतर्फ स्विङ गर्दै तीन विकेट लिएर दिल्ली क्यापिटल्सको अभियानमा विराम लगाइदिए।
Leave a Reply