एसिसी प्रिमियर कप : फाइनलका लागि नेपाल र युएइ भिड्दै

तस्बिर : क्यान

जनकपुरधाम – एसिसी प्रिमियर कपको फाइनलमा स्थान सुनिश्चत गर्न शुक्रबार नेपाली टोली प्रतिस्पर्धी युएइसँग प्रतिस्पर्धा गर्दैछ।

ओमानमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा नेपाल चिरपरिचित प्रतिद्वन्द्वी युएइसँग भिड्न लागेको हो।

ओमान अद अमेरात क्रिकेट मैदानमा बिहान ११ः४५ बजे खेल सुरू हुनेछ।

प्रतियोगिताको समूह चरणका सबै खेल जितेको नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो।

एक खेल हारेको युएइले भने समूह बीको उपविजेताको रूपमा नेपालसँग भेट पक्का गरेको हो।

सेमिफाइनलअन्तर्गत आजै हुने अर्को खेलमा आयोजक ओमानले हङकङसँग प्रतिस्पर्धा गर्दैछ।

फाइनल विजेता एसिया कपका लागि छनोट हुनेछ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *