आयरल्यान्ड ‘ए’ विरूद्ध नेपालको शानदार जित

जनकपुरधाम- नेपालले टि–२० क्रिकेटमा आयरल्यान्ड ‘ए’ विरूद्ध शानदार जित निकालेको छ।

दोस्रो टि–२० खेलमा आयरल्यान्डलाई ७१ रनले पराजित गर्दै नेपालले शानदार जित निकालेको हो।

जितका लागि १९१ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड १८.३ ओभरमा सबै विकेट गुमाएरमात्र १२७ रन बनाउनसक्यो।

यसअघि आयरल्यान्डसँगको पहिलो खेलमा पनि नेपाल ६ विकेटले विजयी भएको थियो।

दुई खेलको श्रृंखलामा नेपालले २–० ले क्लिन स्वीप गरेको छ।

मंगलबारको खेलमा आयरल्यान्डलाई सस्तैमा समेट्न बलिङतर्फ नेपालका कुशल मल्ल र सोमपाल कामीले ३–३ विकेट लिए।

यस्तै करण केसी, कुशल भुर्तेल र विवेक यादवले १–१ विकेट लिए।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *