आयरल्यान्डको बलियो टिम क्यानाडासँग १२ रनले पराजित

जनकपुरधाम- टि–२० विश्वकपको एक रोमाञ्चक खेलमा क्यानाडाले मजबुत टोली आयरल्यान्डलाई पराजित गरेको छ।

क्यानाडाले आयरल्यान्डसामुन्ने जितका लागि १३८ रनको समान्य लक्ष्य प्रस्तुत गरेको थियो।

तर, आयरल्यान्डको टिम सात विकेट गुमाएर केवल १२५ रनमात्रै जोड्नसक्यो।

योसँगै आयरल्यान्डले जारी विश्वकपमा लगातार दुई खेलमा हार बेहोर्नुपरेको छ।

क्यानाडाको जितका लागि निकोलस किरटनलाई ‘प्लेयर अफ द’ म्याच घोषित गरियो।

यसअघि अमेरिकाले पाकिस्तानलाई पराजित गरेर ठूलो उलटफेर गरेको थियो।

पाकिस्तानले सुपर ओभरमा हारको सामना गर्नुपरेको थियो।

अब पाकिस्तानले भारत, क्यानाडा र आयरल्यान्डसँग खेल्नुपर्ने छ। यी खेलहरूमा कुनै उलटफेर भए सुपर–८ मा पुग्ने पाकिस्तानको चाहना धुमिल हुनसक्छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *