जनकपुरधाम- इन्डियन प्रिमियर लिग (आइपिएल) को २७ औं म्याचमा राजस्थान रोयल्सले पञ्जाबविरूद्ध रोमाञ्चक जित हासिल गरेको छ।
शनिबार राति महाराजा यदविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम मुल्लनपुरस्थित पञ्जाबको घरेलु मैदानमा राजस्थानले अन्तिम ओभरको पाँचौं बलमा रोमाञ्चक जित हासिल गरेको हो।
जितका लागि अन्तिम २ बलमा २ रन चाहिएको बेला हिटमायरले पाँचौं बलमा छक्का प्रहार गरेर राजस्थानलाई जितको लक्ष्यसम्म पु¥याए।
राजस्थानले पञ्जाबविरूद्ध ३ विकेटको जित हासिल गरेको हो।
टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबका ब्याटरहरू राजस्थानको बलरसामु निरीह देखिए।
पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा मात्र १४७ बनाउनसक्यो।
पञ्जाबका लागि आठौं नम्बरमा ब्याटिङ गर्न आएका आशुतोष शर्माले सर्वाधिक ३१ रन बनाए।
पञ्जाबका अन्य ब्याटरहरू सस्तैमा आउट भए।
जौनी बेयरस्टवले १५, प्रवसिमरन सिंहले १०, सैम करणले ६, जितेश शर्माले २९, शशांक सिंहले ९ र लियम लिभिङ्स्टनले २१ रन बनाए।
राजस्थानका लागि अवेश खान र केशव महाराजले २–२ तथा ट्रेन्ट वोल्ट, कुलदीप सेन र युजवेन्द्र चहलले १–१ विकेट लिए।
जितका लागि १४९ रनको सामान्य लक्ष्य पाएको राजस्थानले पनि पञ्जाबसामु राम्रो प्रदर्शन गर्न सकेन।
ओपनर ब्याटरहरूले टिमलाई राम्रो सुरूवात दिलाए पनि पछि आएका ब्याटरहरू सस्तैमा आउट भए।
लगभग हारको नजिक पुगिसकेको राजस्थानलाई हिटमायरको धैर्य र सुझबुझपूर्ण इनिङले जितको लक्ष्यसम्म पु¥यायो।
उनले १० बलमा २७ रन बनाएर आक्रमक ब्याटिङ गरे। हिटमायर नटआउट रहे।
यशस्वी जयसवालले ३९, तनुस कोटियान २४, सन्जु सैमसन १८, रियान पराग २३, ध्रुव जुरेल ६, रोभ्मान पावेल ११ र केशव महाराजले १ रनको योगदान दिए।
यो जितसँगै राजस्थान १० अंकसहित अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। ६ वटा म्याच खेलेको राजस्थानले ५ मा जित हासिल गरेको छ।
६–६ अंकसहित कोलकत्ता, चेन्नई, लखनऊ, हैदराबाद र गुजरात क्रमशः दोस्रो, तेस्रो, चौथौं, पाँचौं र छैठौं स्थानमा रहेको छ।
त्यस्तै ४–४ अंकसहित मुम्बई, पञ्जाब र देलही क्रमशः सातौं, आठौं नवौं स्थानमा छँदा एकमात्र खेल जितेको बेंगलुरू अंकतालिकाको अन्तिम स्थानमा रहेको छ।
Leave a Reply