काठमाडौं- एसिसी महिला प्रिमियर लिग क्रिकेट प्रतियोगितामा नेपालले माल्दिभ्सविरूद्ध कीर्तिमानी जित हासिल गरेको छ।
माल्दिभ्सलाई २१४ रनको फराकिले अन्तरले पराजित गर्दै नेपालले कीर्तिमानी जित हासिल गरेको हो।
नेपाली टिमका ब्याटर रूबिना क्षेत्रीले अविजित ११८ रन बनाइन्।
मलिेसियाको क्वालालाम्पुरमा टस जितेर नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा चार विकेट गुमाएर २२७ रन बनायो।
२२८ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १३.५ ओभरमा सबै विकेट गुमाएर १३ रनमात्रै बनाउनसक्यो।
नेपालका लागि रूबिनाले ५४ बलमा सतक प्रहार गरिन्। उनी नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सतक प्रहार गर्ने पहिलो महिला खेलाडी बनेकी छन्।
यसअघि अन्तर्राष्ट्रिय महिला क्रिकेटमा नेपालका लागि सीता रानामगरले सर्वाधिक ८२ रन बनाएकी थिइन्।
मंगलबारको खेलमा ५९ बलको सामना गरेकी रूबिनाले १० चौका र ५ छक्का प्रहार गरिन्।
त्यस्तै पूजा महतोले ५ चौका र एक छक्का प्रहार गरेर ३६ बलमा ५९ रनको योगदान दिइन्।
यस्तै सीता रानामगरले १५ तथा कविता कुँवरले १३ रन बनाइन्।
माल्दिभ्सलाई केवल १३ रनमा समेट्ने क्रममा नेपालका लागि अस्मिना कर्माचार्यले सर्वाधिक ४ विकेट लिइन्। यस्तै पूजा र रूबिनाले ३–३ विकेट लिइन्।
लगातार तीन खेल जित्दै प्रतियोगिताको समूह ‘डी’ मा रहेको नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ।
नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा भुटानलाई ८ विकेटले पराजित गरेको थियो।
लगातार तेस्रो खेलमा हार बेहोरेको माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ।
Leave a Reply