काठमाडौं- न्याय सेवा आयोगले ४३ जिल्ला न्यायाधीशका दरखास्त आह्वान गरेको छ।
आयोगको परीक्षा महाशाखाले शुक्रबार सूचना जारी गर्दै जिल्ला न्यायाधीशको आन्तरिक खुला, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि विज्ञान गरेको हो।
नेपालको संविधानको धारा १४९ को उपधारा (२) को खण्ड (ख) र (ग) बमोजिम उल्लेखित समूहमा जिल्ला न्यायाधीशको पदमा प्रतियोगात्मक परीक्षाद्वारा पदपूर्ति गर्नका लागि योग्यता पुगेका उम्म्ेदवारहरूले दरखास्त दिन पाउने महाशाखाले जनाएको छ।
विज्ञापन सूचना प्रकाशन भएको मितिले ३० दिन र दोब्बर दस्तुर तिरी थप ७ दिनसम्म आवेदन दिन पाइनेछ।
Leave a Reply