जनकपुरधाम- समयमा विद्यालय नआउने धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका शिक्षकर विद्यार्थीहरू फिर्ता पठाइएका छन्।
अध्यक्ष जयकुमार यादवको निर्देशनमा गाउँपालिकाको शिक्षा समिति र नगर प्रहरीले आइतबार समयमा विद्यालय नआउने शिक्षक र विद्यार्थीहरूलाई फिर्ता पठाएको हो।
शिक्षा समितिले गाउँपालिकाको श्री बैद्यदेवनारायण उच्च मावि कोल्हुवामा आइतबार अनुगमन गरेको थियो।
अनुगमनका क्रममा समयमा विद्यालय नपुगेको पाइएपछि शिक्ष र विद्यार्थी फिर्ता पठाइएका हुन्।
अध्यक्ष यादवले नियमित कक्षा सञ्चालनका साथै समयमा विद्यालय पुग्न शिक्ष र विद्यार्थीहरूलाई निरन्तर आग्रह गर्दै आइरहेका थिए।
शिक्षक र विद्यार्थीलाई समयमा विद्यालय पुग्न पटक–पटक आग्रह गरे पनि अटेरी गरेको पाइएपछि बाध्य भएर यो कदम उठाउनुपरेको अध्यक्ष यादवले बताए।
गाउँपालिकाको शैक्षिक अवस्थाको सुधारको लागि आफू निरन्तर प्रयासरत रहेको बताउँदै उनले सबैले समयको पालना गर्नुपर्ने जिकिर गरे।
शैक्षिक गुणस्तर सुधार गर्न आफू जुनसुकै कदम उठाउन पछि नपर्ने अध्यक्ष यादवले बताए।
Leave a Reply