काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री शशांक कोइरालाले पार्टीलाई गतिशील बनाउन पुस्तान्तरण जरूरी रहेको बताएका छन्।
नेपाल प्रेस युनियन दाङले मंगलबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
कोइरालाले लामो समय एउटै व्यक्ति र विचारले पार्टी चल्न नसक्ने भएकाले पुस्तान्तरण आवश्यक रहेको बताए।
कांग्रेसलाई सबल र सक्षम पार्टी बनाउन वडा तहदेखि केन्द्रस्तरसम्म पुस्तान्तरण हुनुपर्ने उनको भनाइ छ।
पूर्वमहामन्त्री कोइरालाले पार्टीमा पटकपटक पुस्तान्तरणको कुरा चल्ने गरे पनि व्यवहारमा देखिन नसकेको उल्लेख गरे।
उनले युवा पुस्ताले पुस्तान्तरणका लागि हिम्मत गरे आफू पार्टी सभापतिका लागि तयार रहेको बताए।
‘कांग्रेसलाई रूपान्तरण गर्नका पुस्तान्तरण आवश्यक छ। यदि युवाले पुस्तान्तरणका लागि हिम्मत गर्ने हो भने म पार्टी सभापतिका लागि तयार छु,’ उनले भने।
समुदायमा कांग्रेस खोजी रहँदा युवा जनशक्ति पलायन हुनु दुखद रहेको कोइरालाले बताए।
प्रधानमन्त्री पदलाई फाटेको जुत्ता भन्दै उनले यो पदमा जो कोही पनि जानसक्ने उल्लेख गरे।
विवेकपूर्ण नीति र विचारले मुलुकलाई अगाडि बढाउनसक्ने व्यक्ति प्रधानमन्त्री पदमा जानुपर्ने उनको भनाइ छ।
कोइरालाले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसक्दा जनतामा आशाभन्दा निराशा बढी छाएको बताए।
Leave a Reply