सदनमा कांग्रेसले असभ्य व्यवहार देखायो : ओली

फाइल तस्बिर

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा कांग्रेसले असभ्य व्यवहार देखाएको बताएका छन्।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै ओलीले यस्तो बताएका हुन्।

ओलीले सदनमा कांग्रेसले उत्ताउलोपन देखाएको आरोप लगाए।

आफू बसेको ठाउँमा कांग्रेसका सांसदहरू आएर अपशब्द बोलेको र असभ्य व्यवहार देखाएको उनले बताए।

सरकारबाट आफूले हटाइदिएको भन्ने लागेर आफूमाथि कांग्रेस सांसदले आक्रोशपूर्ण व्यवहार गरेको हुनसक्ने उनको भनाइ छ।

बिहीबार प्रतिनिधिसभा बैठकमा संसदीय छानबिन समिति बनाउन माग राख्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नाराबाजी गरिरहँदा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच घम्साघम्सी भएको थियो।

सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि कांग्रेस सांसदहरूले चर्को नाराबाजी गर्दै वेल घेराउ गरेका थिए।

त्यसै क्रममा उपसभामुख इन्दिरा राना मगरको कुसी नजिक पुगेका कांग्रेस सांसद धनराज गुरुङलाई त्यहाँ जान पाइँदैन भन्दै ओलीले हप्काएका थिए।

यो विषयलाई लिएर ओली र गुरुङबीच चर्काचर्की परेको थियो।

एमालेका सांसदहरूले आफ्ना अध्यक्षमाथि अभद्र व्यवहार भएको भन्दै आक्रोश व्यक्त गरेका थिए।

कांग्रेसले भने अरू दलका सांसदलाई हप्काउने अधिकार एमाले अध्यक्ष ओलीलाई नभएको टिप्पणी गरेको छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *